नयाँ सामाजिक सञ्जालमा पुरुषलाई नो इन्ट्री

सामाजिक सञ्जाल फेसबुककी एक पूर्वकर्मचारीले नयाँ सामाजिक सञ्जाल खोलेकी छिन् । जुन सञ्जाल महिलाकालागि मात्र खोलिएको हो ।वेमेन डट कम, women.com नामको यो सञ्जाल सवाल जवाफमा आधारित छ । यस सञ्जालमा पुरुषको प्रवेश निषेधगरिएको छ ।

 

सञ्जालकी फाउण्डर सुजेन जोनसनले महिलाहरुबीच एकअर्कामा जोड्नका लागि बनाइएको बताएकी छिन् । महिलाल आफ्नो मनको कुरा खुलेर लेख्न सकिने र पुरुषको कुनै हस्तक्षेप नरहने सुजेनले जानकारी दिएकी छिन् ।

महिलाको करियर, स्वास्थ्य, ब्युटी, पोलिटिक्स, फेसन र अन्य मुद्धामा छलफल गर्न सकिने छ महिलाको मनमा लागेका कुरा खुलेर बात गर्न र लेख्न सक्ने साइट बनाउन सुजेनको चाहना रहेको बताएकी छिन् ।

एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस