कस्ता मानिस बढी फेसबुकमा झुण्डिन्छन् ?

एजेन्सी– अमेरिकामा गरिएको एक अध्ययनले लजालु र अन्तरमुखी स्वभाव भएका मानिसले सामाजिक सञ्जाल फेसबुकमा बढी समय बिताउने गरेको देखाएको छ ।
अलाबामा विश्वविद्यालयकी शोधकर्ता प्याभिका शेल्डनले गरेको अध्ययनले त्यस्ता मानिसहरुले अरुलाई कमै मात्र सूचना तथा जानकारी गराउने तथा वालमा पोष्ट गर्ने गरेको देखाएको छ ।

‘अन्तरमूखी तथा लजालु स्वभावमा मानिस फेसबुकको प्रयोग लामो समयसम्म गर्छन्’, अध्ययन प्रतिवेदनमा भनिएको छ’, तर उनीहरु फोटो अपलोड गर्ने तथा साथीहरुको वालमा पोष्ट गर्ने काम भने कमै मात्र गर्छन् ।’
धेरै बोल्ने तथा नलजाउने मानिसले भने आफन्त र साथीभाईसँगको तस्वीर र भिडियो अपलोड गर्नुका साथै बारबार स्टाटस अपडेट गर्ने गरेको अध्ययनमा छ ।

अध्ययनका अनुसार उनीहरु साथीभाईसँगको सम्बन्धबाट बढी फाइदा लिन सिफलु हुन्छन् । सामाजिक तथा व्यक्तिगत सम्बन्धमा सबल मानिसले फेसबुक प्रयोगबाट अधिक फाइदा उठाउने सक्ने दाबी शोधकर्ताको छ ।



प्रतिक्रिया दिनुहोस