विकू र किसानले पायो अन्तराष्ट्रिय स्तरको व्राण्ड

नवलपरासी, १० भदौ । गैडाकोट स्थित विकू वचत तथा ऋण सहकारी संस्थाले एशियाली ऋण महासंघ (अक्कू) को प्राविधिक सहयोग तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) द्धारा सञ्चालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागी सर्वोत्तम छनौट कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय स्तरको व्राण्ड प्राप्त गरेको छ । त्यस्तै किसान वचत तथा ऋण सहकारी संस्था गैडाकोटले पनि  अन्तराष्ट्रिय स्तरको व्राण्ड प्राप्त गरेको छ ।

विकुले उक्त कार्यक्रममा विगत २ वर्ष देखि सहभागीता जनाउदै आईरहेको थियो । यस ब्राण्ड कार्यक्रम अन्तर्गत एशियाली ऋण महासंघले बिभिन्न ८६ वटा सुचकहरुको आधारमा संस्थाको सेवा तथा सुरक्षाको मापन गर्दै आएको थियो । वित्तीय सक्षमता, सदस्य सेवा, आन्तरिक व्यवसायिकता र सिकाई र बृद्धिको निरन्तरता गरि ४ वटा क्षेत्रवाट एकिकृतरुपमा मापन गरिन्छ । यी क्षेत्रहरुको वारेमा एशियाली ऋण महासंघका प्रतिनिधिहरु स्वयम् उपस्थित भएर संस्थाको अन्तिम लेखा परिक्षण समेत गरेका थिए ।

२ वर्षसम्मको निगरानी र लेखा परिक्षणको आधारमा एसियाली ऋण महासंघले संस्थालाई व्राण्ड उपलब्ध गराएको हो । विकूलाई व्राण्ड दिने एसियाली ऋण महासंघको निर्णय सहितको औपचारिक पत्र संस्थामा प्राप्त भईसकेको संस्थाका अध्यक्ष हरिलाल सापकोटाले सहकारीखबर डटकमलाई जानकारी दिए । सो पत्रमा यहि सेप्टेम्वर १७ वाट २१ सम्म इन्डोनेशियाको वालीमा हुने अक्कु फोरममा औपचारिक रुपमा व्राण्ड दिने छ ।

एसियाली ऋण महासंघद्धारा वचत तथा ऋण सहकारीहरुलाई उत्कृष्ट स्थानमा पुर्याउन विकास गरिएको एसिस व्राण्ड हालसम्म नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघमा आवद्ध देशभरका पाँच वटा संस्थाले मात्र प्राप्त गरिसकेका छन् । यो व्राण्डलाई स्थापीत गराईरहनका लागी संस्थाले निरन्तर रुपमा आफ्नो गुणस्तरीयता परिक्षण गरिरहनुपर्ने हुन्छ । अर्थात एकपटक व्राण्ड प्राप्त गरिसकेपश्चात पनि एशियाली ऋण महासंघले तोकेका सुचकहरुको आधारमा संस्थाले आफुलाई चुस्त राख्नुपर्ने हुन्छ ।

दैनिक ५० पैसा बचत संकलन गरि २६ जना सदस्यहरुवाट सुरु गरिएको यस विकू बचत २०५० सालमा सहकारीमा दर्ता भएको र २०५४ साल वाट नेपाल राष्ट्र बैंकको स्विकृतीमा सीमित बैकिङ कारोवार गर्दै आईरहदा हाल १३ हजार भन्दा बढि शेयर सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस