१५ चैत्र २०८०, बिहीबार

तेल बोक्ने ट्ययाङ्करमा आगजनी

१२ श्रावण २०७१, सोमबार
तेल बोक्ने ट्ययाङ्करमा आगजनी

काबुल, १२ साउन । अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवान विद्रोहीहरुले राजधानी काबुल नजिकै सोमबार पनि तेल बोक्ने ट्ययाङ्कर ध्वस्त बनाएका छन् ।
विगतमा पनि उनीहरुले पाकिस्तानको सीमा क्षेत्रका स्थानहरुमा नेटोका आपूर्ति साधनहरुलाई तारो बनाउने गरेका थिए । उनीहरुले नेटो सैनिकका लागि इन्धनको आपूर्ति गरिएकोमा त्यसको विरोध गर्दै सो आगजनी गरेका हुन् ।
तालिवानले ती ट्यांकरले अफगानिस्तानका लागि विदेशी सेना बोकेको आरोप लगाउने गरेका छन् । सोही आरोपमा उनीहरुले विगतदेखि नै आगजनी गरेको बताएका छन् । ती ट्ययाङ्कर तेल बोकेर राजधानी काबुलतर्फ जादै थिए ।
तालिवान सशस्त्र विद्रोहीहरुले बम विस्फोट गराउनुको साथै ती ट्ययाङ्करमा तोडफोड गरी आगो लगाएका थिए । कयौँ ट्ययाङ्कर तालिवानको आक्रमणको शिकार भएका अफगान अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पश्चिमी क्षेत्रबाट राजधानी काबुल प्रवेश गर्दैै गरेका ती ट्रकलाई काबुल प्रवेश गर्ने द्वारमा उनीहरुले आगजनी गरी ध्वस्त बनाएका छन् ।
तालिवानले निजी तेल कम्पनीका साथै सरकारी आयल निगमका तेल बोकेका ट्रकहरुलाई नै नियन्त्रणमा लिई आगजनी गरेका काबुल प्रहरीका प्रवक्ता हस्मत स्तानकाजायीले जनाएका छन् ।
अफगानिस्तानमा विदेशी सेना राखेको सरकारी निर्णयको विरोधमा रहेका उनीहरुले विगत लामो समयदेखि नै अफगान सेना तथा नेटोका लागि तेल एवम् आपूर्ती व्यवस्थका लागि प्रयोग गरिएका ट्रकमा आगजनी गर्दै आएको छ । रासस÷एएफपी

अभिलेख

लोकप्रिय