१५ चैत्र २०८०, बिहीबार

लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुदैन : पाण्डे

२२ असार २०७१, आईतवार
लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुदैन : पाण्डे

काठमाडौं, २२ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।

मिडिया इन्टरनेशनलको तेस्रो वार्षिक उत्सवको अवसरमा शनिवार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले लगानीमैत्री वातावरणका लागि सरकारले पहल गर्नुपर्ने बताए । मुलुकको आर्थिक समृद्धिको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरिनुपर्नेमा उनको जोड थियो । ‘कुनै पनि क्षेत्रमा उत्पादन नभई लगानी वृद्धि हुदैंन’ अध्यक्ष पाण्डे भने– ‘मुलुकको जलविद्युत क्षेत्रको विकाशमा उल्लेखनीय प्रगति हुन नसकेको र जलविद्युतको विकाश विना कुनै पनि क्षेत्रको विकाश हुँदैन ।’ पाण्डेले आगामी सन् २०२० सम्ममा नेपाललाई विकाशोन्मुख मुलुकमा रुपमा लैजाने सरकारको योजना सकारात्मक रहेको उल्लेख गरे ।

यसैगरी आर्थिक एजेण्डामा बहस गर्दै आएको मिडिया इन्टरनेसनलले तेस्रो वर्ष प्रबेश गरेको छ । तेस्रो वर्ष प्रवेशको कार्यक्रम आयोजना गरी मिडिया इन्टरनेसनलले विभिन्न विधा मार्फत आर्थिक क्षेत्रमा सक्रिय पत्रकार सहित केही व्यबसायीलाई सम्मानीत गर्यो ।

मिडिया इन्टरनेसनलले ब्रोडकाष्टिङबाट एकजना, छापा पत्रकारिताबाट एकजना र संस्थागत रुपमा एक संचारमाध्यमलाई हरेक बर्ष मिडिया इन्टरनेसनल पत्रकारिता सम्मान प्रदान गरिने मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बताए । जस अनुसार यस वर्ष संस्थागत रुपमा पत्रकारिता क्षेत्रमा नयाँँ आयाम भित्राउने कारोवार राष्ट्रिय दैनिक, ब्रोडकाष्टिङ पत्रकारिताबाट एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र छापा पत्रकारिताबाट गोरखापत्र दैनिकका आर्थिक व्यूरो जुनारबाबु बस्नेत सम्मानित भएका छन् ।

अभिलेख

लोकप्रिय