१६ चैत्र २०८०, शुक्रबार

सहकारी मुक्तक

२ पुष २०७०, मंगलवार
सहकारी मुक्तक

बनोस सहकारी

देशको आर्थिक समृद्धिको अङ्ग बनोस सहकारी ।
गरीबीको जालो फाँड्ने रङ्ग बनोस सहकारी ।
मेहनत र पसिनाको फलको सुरक्षण गर्ने,
दुःख भुलाई खुशी छर्ने उमङ्ग बनोस सहकारी ।

सहकारी भाव बग्दा

सहकारीको छहारीमा दुःख भुल्न गाह्रो हुन्न ।
भेदभाव हटाई समानताको फूल फूल्न गाह्रो हुन्न ।
मन, मटु र मस्तिष्कमा सहकारी भाव बग्दा,
देशको अर्थतन्त्र अझै माथी पुग्न गाह्रो हुन्न ।

– सन्तोष तिमल्सिना

अभिलेख

लोकप्रिय