१५ चैत्र २०८०, बिहीबार

आईएमई को–अपरेटिभद्वारा ४५ आमालाई न्यानो कपडा वितरण

१८ पुष २०७६, शुक्रबार
आईएमई को–अपरेटिभद्वारा ४५ आमालाई न्यानो कपडा वितरण

काठमाडौं, १८ पुष

आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडले ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

आईएमई को–अपरेटिभको १० औं वार्षिक उत्सवको अवसरमा शुक्रबार कालिमाटीको सोल्टिमोड स्थिती ‘आमाको घर’मा रहेका ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण र आर्थिक सहयोग गरेको हो ।

‘आमाको घर’की सञ्चालिका दिलशोभा श्रेष्ठलाई संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले संयुक्त रुपमा कपडा र चेक हस्तान्तरण गरेका थिए । आईएमईले ५२ हजार २ सय रुपैयाँ बराबरको ४५ वटा स्विटर, एक छाक खाना र १० वटा ग्याँस सिलिण्डरको लागि २४ हजार रुपैयाँ सहयोग गरेको हो ।

ग्याँस नभएर खाना समेत खान नपाउने स्थिती भएका कारण संस्थाले १० वटा ग्याँस सिलिण्डर भर्नको लागि रकम उपलब्ध गराएको संस्थाका अध्यक्ष ढकाले बताए । चिसोको समयमा आश्रममा रहेको आमाहरुलाई न्यानोको लागि स्विटर वितरण गरेको अध्यक्ष ढकालको भनाई थियो ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेको आमाहरुको लागि सहयोग गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

अभिलेख

लोकप्रिय