६ बैशाख २०८१, बिहीबार

पश्चिम नेपालको सहकारी अभियान्ता दामोदर अधिकारी

६ मंसिर २०७६, शुक्रबार
पश्चिम नेपालको सहकारी अभियान्ता दामोदर अधिकारी

पश्चिम नेपालमा सहकारीको जग बसाल्ने ब्यक्ति हुन् दामोदर अधिकारी । अधिकारीले सहकारी अभियानमा २६ वर्ष बिताएका छन् । ४२ जना युवा मिलेर २०५० साल असोज ९ गते सिर्जना बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । यस संस्थाको नेतृत्वकर्ता उनै अधिकारी थिए । हाल यो संस्था प्रदेश ५ को उत्कृष्ठ संस्थाको रुपमा रहेको छ ।

दामोदर अधिकारी

ग्रामिण क्षेत्रमा रहेको यस संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतीक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ । ग्रामिण भेगका महिलालाई सहकारीमा आवद्ध गराएर आर्थिक रुपान्तरणमा कृयाशिल छ ।

सहकारी अभियानको दिगो संस्थागत विकास गर्दै समुदायमा बचत तथा ऋणको माध्यमवाट स्थानीय पूँजी र सिपको परिचालन गरी सदस्यहरुको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउने मूल उद्देश्यले सहकारी गठन गरिएको थियो ।

अधिकारीकै नेतृत्वमा सिर्जना बचत तथा ऋण सहकारी संस्था बर्गदा, २०५६ सालमा स्थापना भएको कोशेली बचत तथा ऋण सहकारी संस्था वकुवा र २०६७ चैत्रमा दर्ता भएको लक्ष्मी बचत तथा ऋण सहकारी भुरीगाउँ एकिकरण गरिएको थियो । यी संस्थाहरु २०७५ असार १ गते एकिकरण सम्पन्न भई सिको बचत तथा ऋण सहकारी संस्था लि. गरिएको छ ।

नेपालमा संघीय शासनको सुरुवातसँगै स्थानीय सरकारमा सहकारी अभियानलाई एकिकृत गर्ने प्रस्ताव लिएर प्रदेश नं. ५ मै पहिलो एकिकृत संस्थाको दर्ता सिको साकोस रहेको छ । एककिरण पूर्व सिर्जना साकोस २ वर्ष नेपालको प्रोवेशन व्राण्ड प्राप्त गर्न सफल र कोशेली प्रोवेशन कार्यक्रममा सहभागी भएका संस्था हुन् ।

सिको साकोस प्रदेश ५ को उत्कृष्ठ संस्थाको रुपमा समेत पुरस्कृत भैसकेको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दुई लाखसहित पुरस्कृत भएको थियो । सहकारीको हाल ८ हजार सदस्य रहेको छ ।

प्रारम्भिक संस्था मात्र नभएर अधिकारी विगत लामो समयदेखि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध छन् । दुई कार्यकाल सञ्चालक भएर हाल लेखा समिति संयोजको भूमिकामा छन् ।

अधिकारीको अथक मिहेनत र परिश्रमले नै संस्था यहाँ सम्म आएको छ । नेपालको साकोस अभियानमा स्थापित ओजस्वीपूर्ण छविलाई सदैव कायम राख्दै अगामी दिनमा सदस्यहरुलाई सरल सुलभ वित्तिय सेवा प्रदान गर्न संचालक समिति, लेखा समिति लगायत सबै उपसमिति सदैव सक्रिय तथा क्रियाशिल एवं चिन्तनशील छ ।

सिको साकोसको केन्द्रिय कार्यालय ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरिगाउँमा रहेको छ । त्यस्तै ठाकुरबाबा नगरपालिका वडा नं. ४ वर्गदा, ठाकुरबाबा नगरपालिका वडा नं. ६ बकुवा र ठाकुरबाबा नगरपालिका वडा नं. ५ शाहीपुरमा सेवाकेन्द्र रहेको छ । ठाकुरबाबा नगरपालिका वडा नं. ७ कालिगौडी र ठाकुरबाबा नगरपालिका वडा नं. ९ ठाकुरद्धारामा बचत संकलन केन्द्र रहेको छ ।

अभिलेख

लोकप्रिय