१५ चैत्र २०८०, बिहीबार

पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छः ओली

३० मंसिर २०७०, आईतवार
पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छः ओली

काठमाडौँ, मंसिर २८– नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले संविधान र सरकारलगायत विषयमा नेपाली काँग्रेस र एमाले जिम्मेवार बन्दै सहकार्यका सही आधार तय गरेर सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । “नेपाली जनताले निर्वाचनमार्फत काँग्रेस र एमालेलाई प्रमुख भूमिका खेल्ने जम्मेवारी दिएका छन्, त्यसैले दुवै दल सहमति र सहकार्यका साथ हिंँड्नु अनिवार्य छ,” नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाद्वारा शुक्रबार आयोजित नयाँ संविधान लेखनमा पत्रकारको भूमिका र सुरक्षा विषयक कार्यक्रममा नेता ओलीले जनताका अधिकार सुनिश्चित गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने तथा मुलुकलाई आर्थिक समृद्धितर्फ लाने गरी लोकतान्त्रिक मूल्यमान्यताअनुसार संविधान बनाइने बताए । “आफ्नो अनुहार हेर्ने नाममा ऐना टुक्राएजस्तै देश टुक्राउन दिन्नाँै, पहिचानको नाममा देश टुक्राउने कोसिस नगरे हुन्छ, सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउने लोकतान्त्रिक मूल्यमान्यताअनुसारको संविधान बनाउनुपर्छ,” नेता ओलीले भने । सो कार्यक्रममा सम्पादक समाजका अध्यक्ष देवेन्द्र गौतम, महासङ्घ काठमाडौँ शाखाका पूर्वअध्यक्ष हरि लम्साल, मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलगायतले लोकतान्त्रिक संविधान बनाउनुपर्ने औंल्याएका थिए ।

अभिलेख

लोकप्रिय