BREAKING NEWS:
Search

बचत संघ ललितपुरको ‘रजत वर्ष समापन’ २१ गते

ललितपुर, १७ कात्तिक ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ‘रजत वर्ष’को कार्यक्रम कात्तिक २१ गते बिहीबार समापन गर्ने भएको छ । रजत वर्षको अवसरमा संघले यसअघि देखिनै विविध कार्यक्रमको आयोजना गरेको छ । संघको २५ औं वार्षिक साधारण सभा र रजत वर्ष समापन समारोह एकैदिन गर्ने जनाएको छ ।

साधारणसभा तथा रजत वर्ष समापन समारोहमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) रहने संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिए ।

संघको साधारणसभा, रजत वर्षको स्मारिका विमोचन, ६ वटा स्थानिय तहमा सञ्चालित उत्कृष्ट सहकारी संस्थालाई सम्मान तथा संस्थापक सञ्चालकदेखि निवर्तमान सञ्चालक समितिलाई सम्मान गरिने कार्यक्रम रहेको उनले बताए ।

ललितपुर बचत संघ सहकारी अभियानमा मुलुककै एउटा नमूना संघको रुपमा स्थापित छ । जिल्लामा रहेको बचत तथा ऋण सहकारी अभियानलाई प्रवर्द्धन गर्ने कार्यमा पनि संघ सक्रिय छ ।



प्रतिक्रिया दिनुहोस