BREAKING NEWS:
Search

यसकारण लिनु हुँदैनं असुरक्षित माध्यमबाट ऋण ?

प्राय जसो साथी-भाई, आफन्त, वा साहु-महाजनसँग ऋण लिदा ठगिमा पर्न सक्ने जोखिम बढी हुन्छ | यसबाट तपाईलाई निम्न समस्याहरु पर्न सक्छ:

  • ठगिमा पर्ने सम्भावना बढी हुन्छ
    • यो तरिकाबाट ऋण लिदा धेरै जसो समयमा कागजी अभिलेख राखिएको हुदैन, जसले गर्दा कति पैसा, कुन मितीमा, कस्ता सर्तहरु सहित लेन-देन भयो भन्ने कुराको कुनै प्रमाण हुदैन
    • कुन मितीमा, कहाँ र कस्तो सर्तहरु राखेर ऋण लेन-देन भएको थियो भन्ने कुरा बिर्षीन सक्छ
  • साँवाबापतको रकम वा सहमति गरेको ब्याजदर फेरबदल गर्न सक्छन्
    • ऋण दिनेले दिइएको रकमलाई बढाएर माग्न सक्छन् भने ऋण लिनेले लिएको रकम कम गरेर दिन सक्छन्
    • ऋण लिने र दिने दुवैले ऋण लिने समयमा सहमति गरेको ब्याजदरलाई भविष्यमा फेरबदल गरि ठगिमा पार्ने सम्भावना बढी हुन्छ
  • सबै सर्तहरु सुरुमै प्रष्ट हुदैन
    • लिइएको ऋण कति समयसम्ममा, कति ब्याजदर सहित तिर्नु पर्ने भनि दुवै पक्षलाई सुरुमै प्रष्ट हुदैन
    • यसकारण दुवै पक्षमा अन्योलता हुन्छ, र एक अर्काको बुझाईमा फरक परि झगडा हुन सक्छ
  • हिसाब गल्ति हुने सम्भावना बढी हुन्छ
    • ऋण रकम लेन-देन गर्ने व्यक्तिहरुले नै सम्पूर्ण हिसाब-किताब राख्नु पर्ने हुदा, हिसाब राख्दा गल्ति हुने सम्भावना बढी हुन्छ
    • साथी-भाई, आफन्तसँगको सम्बन्ध बिग्रिन सक्छ
  • समयमै ऋण तिर्न सकेन भने साथी-भाई, आफन्तसँगको सम्बन्ध बिग्रिन सक्छ
    • समाजमा तपाईको चिनेजानेको मानिसहरु समक्ष नचाहिदो हल्ला फैलिएर बदनामी हुन सक्छ
  • ठगिमा पर्ने सम्भावना बढी हुन्छ
    • तपाइको धरौटीको सुरक्षा हुदैन
    • तपाईले धरौटी बापत राख्नु भएको बस्तु, सुनचाँदी, प्रमाणपत्र वा धनिपुर्जाहरु लिएर भाग्न सक्छन् वा त्यसको दुरुपयोग गर्न सक्छन्
    • समयमै ऋण तिर्न सक्नु भएन भने तपाईले धरौटीबापत राख्नु भएको मुल्यवान बस्तुहरु बेचबिखन गरि असुल गर्न सक्छन्


प्रतिक्रिया दिनुहोस