BREAKING NEWS:
Search

विकूले खोल्यो १३औं सेवा केन्द्र

गैंडाकोट, २६ असोज
विकू बचत तथा ऋण सहकारी संस्था लिमीटेडले १३औं सेवा केन्द्र देवचुली–१३ दलदलेमा खोलेको छ । उक्त सेवा केन्द्रको उद्घाटन सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले गरेका छन् । संस्थाले असोज ५ गतेदेखि सेवा प्रवाह गरे पनि औपचारिक रुपमा भने शनिबारबाट कारोबार सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै रजिष्ट्रार पाण्डेले सहकारीमा अब शेयर सदस्य दुखी हुने अवस्था अन्त्य गर्नुपर्ने बताए । संचालक र व्यवस्थापन पक्ष नभएर सहकारीमा शेयर सदस्य खुशी बनाउने अभियान सहकारीले थालनी गर्नुपर्नेमा जोड दिए ।

विकू सहकारीले ‘हाम्रो लक्ष्य खुसी एवं स्वस्थ सदस्य’ नारा लिएर काम गरिरहेको संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले बताए । जन्मदेखि मृत्युसम्म मात्र नभई आमाको कोखदेखि चितासम्म विकू भन्न्े अभियान रहेको संस्थाका अध्यक्ष सापकोटाले बताए ।

५० पैसा बचत संकलनबाट शुरु भएको विकूले ४ अर्ब २५ करोड पुँजी संकलन गरेको छ । २०४८ सालमा स्थापना भएको यस सहकारीले नवलपरासीका विभिन्न स्थानमा १२ वटा सेवा केन्द्र स्थापना गरेर ६२ हजार सदस्यलाई सेवा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस