BREAKING NEWS:
Search

श्री गणेशजल सहकारीको एटिएम सेवा निःशुल्क

सुर्खेत, १६ असोज

वीरेन्द्रनगर–३ सुर्खेत स्थित श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले सदस्यलाई एटिएम सेवा निःशुल्क गराएको छ ।

संस्थाले विजया दशमीको शुभकामना स्वरुप सदस्यलाई देशको जुनसुकै स्थानबाट एटिएम प्रयोग गर्दा पैसा नलाग्ने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिए ।
सदस्यले एससिटी, युनियन पे डेबिट कार्ड नेपालको जुनसुकै एटिएम मेशिनमा निःशुल्क प्रयोग गर्न सकिने उनले बताए ।
थप जानकारीका लागि ९८५८०५१४१८ मा सम्पर्क गर्न सकिने समेत संस्थाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस