BREAKING NEWS:
Search

पोखरा रोयलको सेवा केन्द्र दुलेगौंडामा

दुलेगौंडा (तनहुँ), १३ असोज ।

पोखराको बुद्धचोकमा केन्द्रिय कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले तनहुँको दुलेगौंडामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्लागण्डकी–४, बीपीचोकमा रहेको कार्यालयको शनिबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ उ्दघाटन गरेका हुन् ।

पोखराको बुद्धचोकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सहकारीको भण्डारढिकमा सेवा केन्द्र मार्फत सेवा प्रदान भइरहेको छ । सहकारीमा पोखरामै पहिलोपटक एटिएम सञ्चालनमा ल्याएको सहकारीले दुलेगौंडामा पनि एटिएम सेवा उपलब्ध गराउने संस्थाका सचिव भीम गुरुङले जानकारी दिए । सो अवसरमा पहिलो शेयर सदस्य, एटिएम प्रयोगकर्तालाई क्रमशः एटिएम कार्ड र शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । सहकारी आएको करिव २ हप्तामा मात्रै यस क्षेत्रका ६ सय बढि शेयर सदस्यमा आवद्ध भएको सहकारीका मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

कास्की, स्याङजा, तनहुँ र लमजुङ कार्यक्षेत्र रहेको सहकारीमा ५ हजार ९ सय ३३ जना शेयर सदस्य छन् । २०५९ जेठ ८ गते स्थापित सहकारीको १९ करोड शेयर पँुजी रहेको अध्यक्ष मे। तुलसीप्रसाद गुरुङले जानकारी दिए । १ अर्ब १९ करोड रुपैया बचत संकलन रहेको संस्थामा १ अर्ब २३ करोड लगानी छ ।



प्रतिक्रिया दिनुहोस