६ बैशाख २०८१, बिहीबार

शिखर साकोसको ट्राफिक सचेतना कार्यक्रम

११ आश्विन २०७६, शनिबार
शिखर साकोसको ट्राफिक सचेतना कार्यक्रम

झापा, ११ असोज

शिखर साकोसले ९ औं स्थापना दिवसको अवसरमा ‘फेसबुक ट्राफिक सचेतना कार्यक्रम’ शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका संचालक महेन्द्र गिरी, जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारी र इलाका प्रहरी कार्यलय विर्तामोडका प्रमुख मोहनकुमार थापाले संयुक्त रुपमा सन्देश मुलक बोर्डको रिवन काटेर गरेका छन् ।

संस्थाले चाड पर्वमा हिड्डुल बढि हुने बाटो घाटोमा सवारी साधनको चाप बढी हुने र यो समयमा बसमा यात्रा समेत बढी गरिने हुँदा दुर्घटना न्युनिकरण गर्न सामाजिक सञ्जालमार्फत सन्देश दिन सकिन्छ भनेर फेसबुक सचेतना अभियान संचालन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । यो अभियान दशैंसम्म चल्ने अध्यष राउतले बताए ।

सहकारी संस्थाले वचत तथा ऋणको मात्र काम गरि रहँदा शिखर साकोसले चाडपर्वलाई लक्षिगरि यस्ता ट्राफिक सचेतना कार्यक्रमको थालनी गरेकोमा जिल्ला ट्राफिक प्रमुख होमप्रसाद अधिकारी प्रशंसा गरे ।
सहकारी संस्थाले सामाजिक गतिविधीमा सक्रिय रहनु समग्र सहकारीप्रति सदस्यहरुको विश्वास बढ्ने राष्ट्रिय सहकारी वैकका संचालक महेन्द्र गिरीले बताए ।

संस्था नवौं वर्षमा प्रवेश गरेको अवसरमा शिखर साकोसले विभिन्न सामाजिक गतिविधि गरेको छ । असोज ११ गते संस्थाले कार्यालय परिसरमा नेपाल रेडक्रस सोसाइटि विर्तामोडको प्राविधिक सहयोगमा रक्तदान समेत सम्पन्न गरेको छ । कार्यक्रममा सुरक्षाप्रमुख, संस्थाका शेयर सदस्य , कर्मचारी, संचालक समितीलगायत ५२ जनाले रक्तदान गरेकोकार्यक्रम संयोजक विज्ञान खड्काले बताए ।

अभिलेख

लोकप्रिय