काठमाडौंका सहकारीलाई कडा नियमः साधारणसभामा उद्घाटन र मन्तव्यको कार्यक्रम नगर्न उर्दी

काठमाडौं, १० असोज
काठमाडौं महानगरपालिकाले सहकारी संघ/संस्थाहरुको लागि नयाँ नियम ल्याएको छ ।

काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संघ/संस्थाको साधारणसभालाई मध्येनजर गर्दै सार्वजनिक सूचना जारी गरेर नयाँ नियम ल्याएको हो ।

महानगरका अनुसार अब सहकारी संघ÷संस्थाले साधारणसभामा उद्घाटन सत्र र मन्तव्य कार्यक्रम नराखी सोझै बन्दसत्र गर्नुपर्नेछ ।

सहकारी विभागले सूचना जारी गरी सोझै एजेण्डा उपर छलफल गर्न सहकारी संघ/संस्थालाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस