‘असोज मसान्त भित्रै सहकारी ऐन संसोधन हुन्छ’

काठमाडौं । सहकारी ऐन २०७४ मा सहकारीको मुख्य कारोबार, कोषलगायतको विषयमा सहकारीकर्मीको विरोध बढे पछि ऐन सम्सोधन गर्न महासंघ लागीपरेको राष्ट्रीय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले बताएका छन् ।

उनले सहकारीकर्मीले अथक प्रयास गर्दागर्दै पनि ऐनमा तीनै कुरा आएकोले सुझाव समिति वनाएरै ऐन सम्सोधनकालागि अगाडी बढेको बताएका हुन् । उनले आगामी असोज मसान्त भित्रै सहकारी ऐन सम्सोधन गराएरै छाड्ने जिकिर गरेका छन् ।

काठमाडौ जिल्ला बहुउद्देश्यीय सहकारी संघले राजधानीमा आयोजना गरेको “बहुउद्देश्यीय सहकारी संघसंस्थाको साझा समस्यामा अभियानको साथ” विषयक कार्यक्रमलाई सम्वोधन गर्दै बरिष्ठ उपाध्यक्ष कंडेलले बहुउद्देश्यीय सहकारीहरुलाई आत्तीएर उद्देश्य परिवर्तन नगर्न पनि सुझाव दिए । उनले भने ‘आगामी असोज भित्र सहकारी ऐन ०७४ सम्सोधन गराएरै छाड्छौं ढुक्क हनुहोस् ।’ त्यसकालागि महासंघ लागीरहेको बताए । मुख्य कारोवार लगाएतका विषयलाइ पर्याप्त छलफल गरेर मन्त्रालयमा सुझाव पठाएको कंडेलले बताए । उनले भने, मुख्य कारोबार र नाम परिवर्तनको प्रावधान हटाउनु पर्छ भन्ने हाम्रो माग छ ।

सहकारी ऐन निर्माणको चरणमा विभागीय मन्त्री र कर्मचारीहरुलाई सहकारी वुझाउन नसकिएको उनको भनाई थियो । सहकारी ऐनमा केही इस्यूहरु सहकारी मैत्री नआएकोले त्यसलाई सम्सोधन गरेर जानु पर्छ उनले भने । प्रस्तावित सहकारी ऐनमा माहासंघले दिएको सुझाव भन्दा ऐन फरक आएकोले सम्सोधन गर्नु पर्ने आवश्यकता भएको बताए ।

उनले भने, वर्तमान ऐनले व्यवस्था गरे भन्दा महासंघको सुझाव फरक थियो, मुख्य कार्य तीस प्रतिशत हुनु पर्ने महासंघको सुझावलाई उल्ट्याएर ७० प्रतिशत बनाएर ल्याएकोमा आफूहरुपनि छक्क परेको बताए । कारोबारका कारण नाम परिवर्तन गर्ने हतार नगर्नुस् हामी ऐन सम्सोधन गराएरै छाड्छौं ।

यदी स्वइच्छाले उद्देश्य परिवर्तन गर्नु केही भएन तर कारोवारकै आधारमा उद्देश्य परिवर्तन गर्नु पर्दैन, ऐन सम्सोधन हुन्छ । विद्यमान कानुनले गरेको कोषको व्यवस्थाले सदस्यलाई दश प्रतिशत पनि प्रतिफल दिन नपुग्ने उनको भनाई थियो । सन्दर्भ व्याजदरको विषयमा पहिला ध्यान नपुगेकोले यस्तो अवस्था आएको उनको भनाई थियो । ‘पहिला हाम्रो ध्यान पुगेको रहेनछ, अहिले ध्यान गयको छ अव त्यसलाई पनि सम्सोधन गरेर लैजान छलफल भइरहेको छ ।’ माहासंघले पुनःसन्दर्भ ब्याजदर समितिलाई ब्याज सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनले बचत तथा ऋणको मात्र कारोबार गर्न बहुउद्देश्यीय राख्नु आश्यक नभएको र सानै परिमाणमा भएपनि उद्देश्य अनुरुप काम गर्न पनि सहकारीलाई सुझाव दिएका छन् । वित्तिय कारोवार गर्ने संस्थाले वित्तिय अनुशाषन पालना गर्नु पर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस