६ बैशाख २०८१, बिहीबार

प्रदेश नं. ३ बचत संघ गठन, अध्यक्षमा उद्धव सापकोटा

२२ भाद्र २०७६, आईतवार
प्रदेश नं. ३ बचत संघ गठन, अध्यक्षमा उद्धव सापकोटा

हेटौंडा, २२ भदौ

प्रदेश नं ३ बचत तथा ऋण सहकारी संघ दर्ताको लागि फाइल पेश भएको छ ।

आइतबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ मा फाइल पेश भएको हो । १३ वटा जिल्ला बचत संघ र विभिन्न प्रारम्भिक सहकारी संस्थाको नेतृत्वमा संघ गठनको लागि फाइल पेश भएको हो ।

सहकारीकर्मीहरुले संघ दर्ताको लागि मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीलाई फाईत हस्तान्तरण गरेका हुन् । अब मन्त्रालयले दर्ता प्रक्रिया अघि बढाउने छ ।

संघको तर्दथ समितिको अध्यक्षमा उद्धव सापकोटा (काभ्रे) रहेका छन् । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ (काठमाडौं) र महिला उपाध्यक्षमा राधा सिन्तान (मकवानपुर) रहेका छन् । त्यस्तै महासचिवमा जिवसराज खड्का (दोलखा), सचिवमा कमलराज अधिकारी (काठमाडौं), कोषाध्यक्षमा दापबहादुर श्रेष्ठ (धादिङ) रहेका छन् । त्यस्तै सदस्यहरुमा रामहरि केसी (दोलखा), इन्द्र घिमिरे (ललितपुर) लगायत रहेका छन् ।

त्यसैगरी भने लेखा समिति संयोजकमा केशव दंगाल (काठमाडौं) रहेका छन् ।

अभिलेख

लोकप्रिय