धमाधम ब्याजदर घटाउँदै सहकारी, काठमाडौं कै सहकारीले दिन्छ १४.५% मा ऋण

काठमाडौं, १५ भदौ

सरकारले साउन १९ गतेबाट लागू गरेको ‘सन्दर्भ ब्याजदर’ सहकारी संस्थाहरुले कार्यान्वयन गर्न थालेको छ । सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजमा कर्जा प्रवाह गर्न नपाइने भएपछि सहकारीले यतिबेला ब्याजदर घटाउन थालेका हुन् । सहकारीको कर्जामा १६ प्रतिशत र बचत तथा ऋणमा ६ प्रतिशतभन्दा बढी अन्तर नहुने गरी सिलिङ तोकेको थियो ।

काठमाडौं स्थित बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले साउन २० गतेदेखि नै ब्याजदर घटाएको छ । १७–१८ प्रतिशतमा कर्जा प्रवाह गर्दै आएकोमा संस्थाले पछिल्लो समयमा व्यावसायिक र घरजग्गा कर्जामा १५ प्रतिशत र अन्य शीर्षकमा १६ प्रतिशतमा कर्जा प्रदान गर्न थालेको हो ।

न्युरोडको संकटा बचत तथा ऋण सहकारी संस्थाले पनि १६ प्रतिशतमा ऋण प्रवाह गर्न थालेको छ । त्यस्तै पाको न्यूरोडमा रहेको संकटा बचत तथा ऋण सहकारी संस्थाले पनि १६ प्रतिशत मै कर्जा प्रवाह गर्न थालेको छ । ‘सरकारले जारी गरेको नियम, कानुन पालना गर्दिन भन्न मिलेन’, उनले भने, ‘सदस्य सबै सचेत छन् । हामीले १६ प्रतिशतमै कर्जा प्रवाह गरिरहेका छौं ।’

त्यस्तै जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले पनि ब्याजदर घटाएको छ । १९ प्रतिशतसम्म लगानी गर्दै आएको नेचुरलले १६ प्रतिशतमै कर्जा प्रवाह गर्न थालेको छ । सरकारले ब्याजदरको सीमा निर्धारण गरेसँगै बचत र कर्जाको ब्याजदर घटाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले बताए ।

त्यस्तै थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पनि ब्याजदर घटाएको छ । सरकारले तोकेको सिलिङभन्दा पनि कममा कर्जा प्रवाह गरेको चन्द्रागिरिले अझै घटाएको छ । १५.५ प्रतिशतमा कर्जा प्रवाह गर्दै आएको चन्द्रागिरिले अब १४.५ प्रतिशतमै कर्जा प्रवाह गर्न थालिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । संस्थाले बचतमा १२.७५ प्रतिशतसम्म दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस