७ बैशाख २०८१, शुक्रबार

सहकारी खरिद गर्न चाहनुहुन्छ वा बिक्री ?

२ भाद्र २०७६, सोमबार
सहकारी खरिद गर्न चाहनुहुन्छ वा बिक्री ?

काठमाडौं, २ भदौ
दीपकमान् श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा जुलाई १७ मा एउटा स्टाटस राखे ‘चलिरहेको सहकारी बिक्रीमा, ९८४१०७१२०३’ ।

त्यसपछि पुनः अर्को स्टाटस लेखे जुलाई २९ मा ‘बानेश्वरमा दर्ता रहेको–चलिरहेको प्रतिस्ठित सहकारी संस्था बिक्रीमा । पुरै लिनु पनि सक्ने र पार्टनरशिपमा सहकार्य गरी जान पनि सकिने । इच्छुक महानुभावले सम्पर्क राख्नु होला । ९८५१००००४० ।’

त्यसपछि अगस्ट ४ मा पुनः अर्को स्टाटस राखे ‘दर्ता रहेको–चलिरहेको प्रतिस्ठित सहकारी संस्था विक्रीमा । पार्टनरशिपमा सहकार्य गरी जान पनि सकिने । इच्छुक महानुभावले सम्पर्क राख्नु होला । ९८५१००००४०÷९८४१०७१२०३ ।’

फेसबुका यस्तो स्टाटस देखेपछि हामीले ९८४१०७१२०३ मा सम्पर्क ग¥र्यौं । फोन पनि उठ्यो । सहकारी बिक्रीको स्टाटस फेसबुकमा देखेको र अनि फोन गरेको हाम्रो टिमले बतायो । यो नम्बरमा दीपक श्रेष्ठको रहेछ । बिक्रीमा रहेको सहकारीको नाम बताउन चाहेन । तर उनले बिक्रीमा रहेको र अरु ग्रुपसँग कुरा भईरहेको र यदी कुरा मिलेन भने सम्पर्क गर्ने बताए । हामीले संस्थाको बारेमा बुझ्न कोशिस ग¥र्यौं । संस्था पुरानो बानेश्वरमा रहेको र चार वटा वडा कार्यक्षेत्र रहेको जानकारी गराए । संस्थाको अफिस पनि रहेको र थोरै थोरै कारोबार नियमित हुँदै आएको बताए ।
यो त एउटा उदाहरण मात्र हो । बचत तथा ऋण कारोबार गर्ने गरी सहकारी संस्थाको दर्ता बन्द गरेपछि पछिल्लो समय धमाधम सहकारी विक्रि भईरहेको छ ।

‘हाल बचत तथा ऋण कारोबार गर्ने गरी सहकारी दर्ता बन्द भएपछि त्यस्ता उद्देश्य भएका सहकारी लाखौँ मूल्यमा बिक्री भइरहेका छन्,’ स्रोतले भन्यो, ‘पहिला दर्ता भई संचालनमा नआएका संस्थाका संचालकलाई केही रकम दिई नयाँ व्यवस्थापनले संचालन गर्नु ‘किनबेच’ जस्तै हो । ‘सहकारी बिक्रीमा’ भनेर विभिन्न पत्रपत्रिकामा विज्ञापनसमेत आउने गरेको छ ।

कसरी हुन्छ किनबेच ?
विशेषगरी काठमाडौं उपत्यकामा सहकारी किनबेच बढी हुने गरेका छन् । पुराना संचालकले छाडेर संस्था नयाँ संचालकलाई हस्तान्तरण हुन्छ । यसबापत नयाँ संचालकले पुराना संचालकलाई प्रमाणपत्रबापत रकम दिन्छन् । सहकारीका सदस्यलाई उसको सेयर रकम फिर्ता गरिन्छ । कानुनअनुरूप नै पुराना संचालक हटेर नयाँ संचालक आउने र तिनै संचालकले सहकारी सञ्चालन गर्छन् । दुई पक्षबीच मोलमोलाई हुन्छ । कुराकानी मिलेपछि कानुनअनुसार साधारणसभा बोलाएर नयाँ व्यवस्थापनले जिम्मा लिन्छन् । तर, यस विषयमा सहकारी मालिक भनिने सदस्यलाई अत्तोपत्तोसमेत हुँदैन । यसबाटै सहकारी किनबेच भएको पुष्टि हुन्छ ।

निष्क्रिय सहकारीमा एकाएक सक्रिय हुने र सहकारीमा नयाँ सदस्य, नयाँ संचालक, नयाँ विभिन्न समिति आउनु सहकारी किनबेच भएको पुष्टि गर्न सकिने छ । डिभिजन सहकारी कार्यालयले किनबेच भएको प्रस्ट रूपमा थाह हुँदा पनि नयाँ संचालकलाई हस्तान्तरणमा रोक लगाउन सकेको छैन ।

धेरै सहकारी खोल्नेभन्दा पनि भएका सहकारीलाई अनुशासित बनाउनेतर्फ सहकारी विभाग अग्रसर भए पनि सहकारीको अवस्था पहिचान गर्न नियामक निकायले गरेको बेवास्ताका कारण सहकारी किनबेच बढ्दै गएको हो ।

यसरी किनबेच भएको सहकारी खारेज गर्नेदेखि संचालकलाई अरू कारबाही गर्ने अधिकार रस्ट्रिारलाई हुन्छ । तर, यसतर्फ विभागको ध्यान पुग्न सकेको छैन ।

अभिलेख

लोकप्रिय