१५ चैत्र २०८०, बिहीबार

सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बि.क बुटवलबाट पक्राउ

३० श्रावण २०७६, बिहीबार
सल्लेरी सहकारीका अध्यक्ष कृष्ण बि.क बुटवलबाट पक्राउ

धरान, ३० साउन
करोडौं रुपैयाँ ठगी गरी फरार भएका धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिकलाई प्रहरीले पक्राउ गरेको छ। धरानमा ६५ बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका बिकलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो।

बुटवलमा एउटा कोठा भाडामा लिएर लुकीछिपी बसिरहेका उनलाई पक्राउ गरी बुधबार धरान ल्याइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानले बताए।

उनी गत असार २३ गतेदेखि फरार भएका थिए। सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी बिकलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

बचतकर्ताहरूलाई पर्खाएर गत २३ असारदेखि कृष्ण बिक भागेको प्रहरीले जनाएको छ। आफ्नै छोरा मोहन बिकलाई प्रबन्धक राखेर उनले सल्लेरी बचतको पैसा शिखर सगरमाथा सुनचाँदी पसलमा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ। बिकमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
अध्यक्ष कृष्ण विक सहकारीको रकम हिनामिना गरी असार २३ गतेदेखि सम्पर्कविहीन भएका थिए।

अभिलेख

लोकप्रिय