१६ चैत्र २०८०, शुक्रबार

सहकारीको सन्दर्भ व्याजदरः नेतृत्वको अपरिपक्क निर्णय

२८ श्रावण २०७६, मंगलवार
सहकारीको सन्दर्भ व्याजदरः नेतृत्वको अपरिपक्क निर्णय

रामहरि बजगाईं
अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ

साउन १९ गतेबाट लागू भएको सन्दर्भ व्याजदरलाई ललितपुरका सहकारीहरुले कसरी लिएका छन् ? जिल्ला संघको धारण के हो ?

जिल्ला बचत संघले सन्दर्भ व्याजदरलाई गम्भिर ढंगले हेरेको छ । प्रारम्भिक संस्थाको समस्या के हो ? समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने हेतु नै बचत संघको सिद्धान्त हो । संस्थाको बृहतर हितको लागि लाग्ने र परेको समस्यालाई समाधान गर्न दृढ संकल्प छ ।


व्याजदरको सन्दर्भमा एक तबरले स्वागत योग्य पनि छ । राम्रो कुराको रुपमा लिनु पर्दछ । तर समस्या पनि छ । पहिलो कुरा सहकारी ऐन संशोधन हुनुपर्दथ्यो । ऐन, नियमावलीमा सन्दर्भ व्याजदरको विषय समावेश भैसकेपछि त्यही अनुरुप आयो । तर जति सहकारी अभियानमा छलफल हुनुपर्ने हो तर त्यस अनुरुप हुन सकेन । सहकारी अभियानबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले छलफल गर्नु पर्ने थियो । यदी छलफल भएको भए परिणाम अवश्य राम्रो नै आउने थियो । हस्ताक्षर गरेर आउनु भयो तर अहिले पश्चाताप भएको स्विकार गर्नु भएको छ । यस हिसाबले उहाँहरुको अपरिपक्क निर्णय गर्नुभयो । उहाँहरुले गर्नुभएको निर्णय अपरिपक्क भएको हाम्रो ठम्म्याई हो ।


अब सहकारीलाई राम्रो ढंगबाट लैजानु पर्दछ । सहकारीलाई नीति, विधि र प्रविधिमा अघि बढाउनु पर्छ । केही सहकारीलाई हेरेर कानुन बनाउन मिल्दैन । अहिलेको अभ्यास त्यस्तै देखिएको छ । अभियानको नेताहरुको भूमिका पनि राम्रो देखिएको छैन । सहकारी महासंघका अध्यक्ष ज्यूले सार्वजनिक कार्यक्रममै व्याजदरको विरोध गर्ने ओरियन्टलका छाउरा भन्नुभयो । यो भन्नु राम्रो कुरा पक्कै होइन । यस हिसाबले अभियानको एक मत भएन । अभियान एकमत हुनु आवश्यक छ । यो मन्दैनौं, यो विषय ठिक होइन भन्दा पनि कार्यान्वयन गर्नुपर्दछ । गरिएको अपरिपक्क निर्णयलाई पुर्नविचार गर्नुपर्दछ । समिक्षा हुनु आवश्यक छ । बढी ब्याज लिएका सहकारीलाई घटाएर १६ प्रतिशतमा ल्याउनु उत्कृष्ठ हो, हाम्रो जित हो भन्ने उहाँहरुले बुझ्नुभएको छ । यो व्यवहारिक पन पटक्कै भएन । जे नहुनु थियो त्यो भयो । अब सच्याउनु पर्दछ । सच्याउने वातावरण तय गरोस् । अभियान अभियान बीच लडाएर राज्यले फाइदा लिने वातावरण बनेको छ । हामी सचेत हुनपर्दछ । हडबडाउन र तर्सिनु हुँदैन । सच्चाउन खबरदारी गर्नुपर्छ ।

सहकारी महासंघ बीच नै एकरुपता छैन । यो अन्तरविरोधलाई हामीले हल गर्नु पर्दछ । यदी हल गर्न सकेनौ भने ठुलो रुप लिन्छ । महासंघलाई पहल कदमी लिन अनुरोध गर्दछु । यदी पहलकदमी लिन सक्नुभएन भने हामी लिन तयार छौं । जिल्लाबाट मानिस जुर्मुराउन सक्छ । आम सहकारीकर्मीको भावनालाई समेट्नु पर्छ ।

तोकिएको व्याजदर कार्यान्वय गर्न समस्या कहाँ छ त ?
सहकारी स्वायत्त र स्वतन्त्र हुन्छन् । यो विषय ऐन मै आउन हुँदैन थियो । ऐन नै संशोधन गर्नु आवश्यक छ । व्याजदर माग र पूर्तिको आधारमा तय हुने हो । पहिला पनि कुरा उठाउँदै आएको विषय हो । शुरुवातमा लघुवित्त सरह जानुपर्ने आवाज उठाउँदै आएको थिएँ । पछि कम गर्दै लैजान सकिन्थ्यो । तर एकै पटिक छाँगाबाट खसाल्देको जस्तो भयो । संस्थाले पनि निर्णय गर्नुपर्छ । समय दिनुपर्दथ्यो । यो त वालहठ पन भयो । फरक फरक व्याजदरमा लगानी गरेका होलान् । बचत पनि आ–आफ्नो ढंगले राखेका छन् । यसलाई घटाउने चाँही कसरी च ? यसले त्रास उत्पन्न गरेर संस्थाको पैसा बाहिर जाने समस्या हुन्छ । संस्थाको हकमा बहुत समस्या देखाएको छ । यसलाई समय सिमा दिनुपर्दछ । यसलाई सच्याउनु पर्छ ।

व्याजदर तोक्ने सम्बन्धमा सहकारी अभियान चुकेकै हो त ?
जो जो व्यक्ति सहकारी अभियानबाट प्रतिनिधित्व गर्नुभयो उहाँहरु चुक्नु भयो । बहस चलाएर तोकिनु पर्ने थियो । सहकारीलाई व्यवस्थित बनाउने अभियानमा त हामी पनि छौं । सहकारीका नेताहरुलाई जागरण ल्याउनु पर्ने देखिएको छ । यदी उहाँहरुले सक्नुहुन्न भने अन्य व्यक्ति जानुपर्छ । सबैको साझा समस्या हो । साझा प्रतिनिधित्व गर्नुपर्छ । छलफल र बहस गरेर निर्णय लिनुपर्ने थियो ।

अब के गर्नुपर्छ सहकारी महासंघले ?
प्रतिनिधिमुलक वा आम भेला गर्नु आवश्यक छ । व्याजदरको विषयमा सबैको राय सुझाव लिनुपर्दछ । पहिलो कुरा गल्ती स्विकार गर्नुपर्दछ । सबै सँग सल्लाह गरेर मात्र कार्यान्वयनमा जान सकिन्छ । यदी त्यसो गरिएन भने कार्यान्वयन हुँदैन । सच्याउने वातावरण बनाउनु पर्छ । व्याजदर निर्धारण समितिको बैठक बसी कार्यान्वयनमा भएको असहजतालाई सम्बोधन गर्नुपर्दछ । सहकारीकर्मी विचलित हुने पो हो कि भनेर डर, त्रास उत्पन्न भएको छ । यसलाई बलैमा सम्बोधन गर्न सकिएन भने ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसपछि चाहेर पनि बचाउन सकिन्छ ।

अभिलेख

लोकप्रिय