१५ चैत्र २०८०, बिहीबार

१८ % मा निक्षेप उठाएर दिव्यमन्त्र सहकारीका सञ्चालक सम्पर्क विहिन

२६ श्रावण २०७६, आईतवार
१८ % मा निक्षेप उठाएर दिव्यमन्त्र सहकारीका सञ्चालक सम्पर्क विहिन

काठमाडौं, २६ साउन

दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं रुपैयाँ ठगेको छ ।

काठमाडौंको तीनकुनेमा प्रधान कार्यालय रहेको सहकारीका अध्यक्ष तथा सञ्चालक करोडौं रुपैयाँ भन्दा बढी लिएर फरार भएका छन् ।

उक्त सहकारीबाट गठिनेमा तीनकुने क्षेत्रका साथै दरबारमार्ग, ठमेल, सामाखुसी, गोंगबु, नयाँ बुसपार्क, सुन्धारा क्षेत्रका बचतकर्ता रहेका छन् । तीनकुने बाहेकका बचतकर्तामा बढी रात्रिकालिन व्यवसायीमा संलग्न हुनेहरु बढी रहेका छन् ।

महानगरीय प्रहरी बृत्त तिनकुनेका अनुसार बचतकर्ताको उजुरी आउनेक्रम रहेको छ । यता सहकारीको कार्यालय घेराउ गरेपछि कार्यालयमा रहेका कर्मचारीलाई नियन्त्रणमा लिए पनि उनीहरु सामान्य कर्मचारी भएकाले उनीहरुलाई छोडी सकेको बताइएको छ । अध्यक्ष तथा अन्य सञ्चालकको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यता केही पीडितहरुले काठमाडौं महानगरपालिका सहकारी विभागमा उजुरी दिएका छन् । उजुरी दिनेको संख्या बढ्दै गएको विभागका उप निर्देशक सुमन अधिकारीले बताए । उनका अनुसार विभागमा १ लाख देखि २३ लाखसम्म ठगिएको भनेर उजुरी दिएका छन् । अधिकारीले भने, ‘उजुरी गर्नेमा सरकारी कर्मचारी, उपत्यकाको विभिन्न स्थानमा रात्रिकालिन व्यवसायमा संलग्न रहेका मान्छेहरु, सरकारी कर्मचारी, व्यवसायीहरु रहेका छन् ।

१ देखि २३ लाख २३ लाख रुपैयाँसम्म ठगिएको भन्दै अहिले उजुरी परेको छ । बिहीबारसम्म २९ जनाले उजुरी दिएको र आइतबार पनि थप २६ जनाको उजुरी परेकोले सबै उजुरी महानगरिय प्रहरी परिसर टेकुमा पठाएको छु ।’ दिनै उजुरी आउने क्रम बढेको उनको भनाई छ । अहिलेसम्म सहकारीले १ करोडको हाराहारीमा ठगेको भन्दै उजुरी परेको उनको भनाई छ ।

अहिले सहकारीका अध्यक्ष राजन कुटुवारका साथै अन्य सञ्चालकहरु डिबी घिमिरे खत्री, ओम कुमार घिमिरे अहिले फरार रहेका छन् ।

सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले ७०, ८० लाख रुपैयाँ भन्दा बढी आफैले ऋण लिएको, केही पैसा जग्गामा लगानी गरेका कारण समस्या सृजना भएको बताइएको छ ।
यता आफूलाई सहकारीको कर्मचारी भन्ने सन्तोष घिमिरेले भने पैसा बजारमा फसेकोले सहकारीमा समस्या आएको बताउँदै आएका छन् । बजारमा पैसा फसेकोले सहकारी समस्यामा परेको उनले बतचकर्तालाई बताउन थालेका छन् । यो विषयमा जानकारी लिन खोज्दा भने उनी सम्पर्कमा आएनन् ।

दिव्यमन्त्रले राम्रो ब्याज दिने भनेर बचत गरेको तर त्यो बचत पनि डुब्ने अवस्थामा पुगेको वरपिपल रोधी घर (न्याउली)का सञ्चालक नविन बानियाँले बताए । उक्त सहकारीका आफ्नो सहित रोधीका केही कर्मचारीको ३ लाखको हाराहारीमा बचत रहेको बानिँयाको भनाई छ । केही दिन अघि सहकारीमा कार्यालय समयमा नै एकाएक ताला लागेपछि आफूहरु गठिएको थाहा पाएको बानियाँयाको भनाई छ ।

यस्तै आइतबार विभागमा उजुरी दिन पुगेका राजुकमार बानियाँका अनुसार ठमेलमा शाखा रहेको उक्त सहकारीमा नगरकोट रोधीघर, ठमेलमा रहेको फायर क्लब, दरबार मार्ग, सुन्धारा, गोंगबु, नयाँ बसपार्क लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्नेहरु ठगिएको बताए । उनले भने ‘हाम्रो गण्डकी रोधीघरमा ३० जनाले बचत गरेका थिए, उनीहरुको नै ५ लाख जति डुब्यो, त्यही भएर विभागमा उजुरी दिन आएको ।’

साभारः क्लिकमान्डु

अभिलेख

लोकप्रिय