१६ चैत्र २०८०, शुक्रबार

बहुउद्देश्यीय, विषयगत सहकारीलाई बचत ऋणको कारोबार गर्न रोक लगाउने संकेत (सूचना हेर्नुहोस्)

२७ असार २०७६, शुक्रबार
बहुउद्देश्यीय, विषयगत सहकारीलाई बचत ऋणको कारोबार गर्न रोक लगाउने संकेत (सूचना हेर्नुहोस्)

सहकारी ऐन, २०७४ को दफा ५० को उपदफा ९२० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्थाबाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने र त्यस्ता विषयगत वा बहुउद्देश्यीय संस्थाले ऐन प्रारम्भ हुनुअघि बचत तथा ऋणको मुख्य कारोबार गर्दै आएको भए तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्नुपर्ने व्यवस्था रहेको बेहोरा विदितै छ ।

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग

बचत तथा ऋणको मुख्य कारोबार गरेका बहुउद्देश्यीय तथा अन्य विषयगत सहकारी सङ्घ/संस्थाहरूलाई सूचना

कुनै सहकारी संस्थाले ऐनको दफा २ को खण्ड (ज) मा दिइएको मुख्य कारोबारको परिभाषाअनुसार आर्थिक वर्ष २०७४।७५ को लेखापरीक्षण प्रतिवेदनका आधारमा उक्त आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्वको रकम र उक्त आर्थिक वर्षको सदस्यतर्फको खरिद वा विक्री कारोबारको रकम जोडी हुने जम्मा रकममा बचत दायित्वको रकम तीस प्रतिशतभन्दा बढी रहेको भए २०७७ साल असोज मसान्तसम्ममा बचत दायित्वको रकम आर्थिक वर्ष २०७६/७७ को सदस्यतर्फको खरिद वा विक्री कारोबारसमेत गर्दा हुने रकमको तीस प्रतिशत कायम गराउन यथाशीघ्र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु हुन सूचित गरिन्छ ।

स्थानीय तह वा प्रदेश सरकारमा अभिलेख हस्तान्तरण भइसकेका सहकारी संस्थाहरूले कार्ययोजनाको प्रति सम्बन्धित स्थानीय तह वा प्रदेशको सहकारी मन्त्रालयमा र विभागको नियमन क्षेत्राधिकारभित्र परेका सहकारी संस्थाहरूले सहकारी विभागमा पेस गर्नुपर्नेछ ।

अभिलेख

लोकप्रिय