१६ चैत्र २०८०, शुक्रबार

सातै प्रदेशका सहकारी पुरस्कृत

२१ असार २०७६, शनिबार
सातै प्रदेशका सहकारी पुरस्कृत

काठमाडौं, २१ असार

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार राष्ट्रिय सहकारी महासंघले सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरेको छ ।

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रदेश १ मा झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो । प्रदेश ३ बाट ललितपुरको श्री लालिगुराँस बुहउघद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बागलुङको आदर्श संचार सहकारी संस्था पुरस्कृत भए । प्रदेश ५ बाट रुपन्देशी सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।

त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो ।

अभिलेख

लोकप्रिय