६ बैशाख २०८१, बिहीबार

अब सहकारीले चर्को ब्याज लिन नपाउने, बढीमा १८ प्रतिशत

२१ असार २०७६, शनिबार
अब सहकारीले चर्को ब्याज लिन नपाउने, बढीमा १८ प्रतिशत

काठमाडौं, २१ असार
सहकारी संस्थाहरूका लागि ‘सन्दर्भ ब्याजदर’ तोक्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार भोली (आईतबार) हुने बैठकले व्याजदर निर्धारण गर्नेछ ।

ब्याजदरको विषयमा अभियान र सरकारी निकायबीच सहमती हुन नसक्दा प्रक्रिया लम्बिएको हो । स्रोतका अनुसार सहकारी अभियानबाट बढीमा १८ प्रतिशत व्याज तोकिनुपर्ने अडान छ । तर सरकारी तबरबाट त्योभन्दा कम हुनुपर्ने बताउँदै आएको छ । बैंक तथा वित्तीय संस्था सो सरह हुनुपर्ने अडान सरकारी तबरबाट छ । स्रोतका अनुसार बढीमा १६ वा १७ प्रतिशतमा निर्धारण हुनेछ ।

सहकारी नियमावली—२०७५ पारित गरेसँगै सहकारी विभागले ब्याजदर तोक्ने प्रक्रिया अघि बढाएको थियो । ब्याजदर तोकेपछि सहकारी संस्थाले त्यसैका आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने र जथाभावी ब्याज असुल्ने प्रवृत्तिमा नियन्त्रण आउने छ ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेका अनुसार पटक पटकको छलफलपछि अन्तिम तयारीमा पुगेको छ ।

सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा गठित समितिले काम गरिरहेको छ । उक्त समितिमा सहकारी हेर्ने मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी महासंघ र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहेका छन् ।

अभिलेख

लोकप्रिय