BREAKING NEWS:
Search

तपाई हाम्रो सहकारीको सेवा केन्द्र कलंकीमा

काठमाडौं, १२ असार

चन्द्रागिरी–१४ नयाँ नैकापमा केन्द्रिय कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले कलंकीमा सेवा केन्द्र स्थापना गरेको छ ।

संस्थाले काठमाडौं महानगरपालिका–१४ लाम्पाटीमा बिहीबारबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

संस्थाको कार्यक्षेत्र काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभर रहेको छ । कलंकी क्षेत्रका सदस्यहरुको सहजताका लागि सेवाकेन्द्र सञ्चालनमा ल्याईएको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले जानकारी दिए ।

सेवाकेन्द्र शुभारम्भ कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका उपाध्यक्ष माधव तिमिल्सिना, नेफ्स्कूनका सञ्चालक दीपक पनेरु लगायतका अतिथिहरुको पनि उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस