१५ चैत्र २०८०, बिहीबार

सहकारी नियमावली‚ २०७५ : बचत तथा कर्जा सुरक्षण

८ असार २०७६, आईतवार
सहकारी नियमावली‚ २०७५ : बचत तथा कर्जा सुरक्षण

परिच्छेद-1२

बचत तथा कर्जा सुरक्षण

  • सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना : (१) ऐनको दफा १०१ को उपदफा (१) बमोजिम सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्दा विशिष्टीकृत सहकारी सङ्‌घको ढाँचामा गर्नु पर्नेछ ।

(२) बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाको आधार, सदस्यता‚ पूँजी संरचना, साङ्‍गठनिक ढाँचालगायतका व्यवस्थाहरू नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुनेछ ।

(३) उपनियम (१) बमोजिम स्थापना हुने बचत तथा कर्जा सुरक्षण कोषमा बचत तथा ऋण संस्थाका साथै बचत तथा ऋणसमेतको कारोबार गरेका बहुउद्देश्यीय वा विषयगत संस्था समेत सदस्य बन्न सक्नेछन् ।

(४) बचत तथा कर्जा सुरक्षण कोषमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल राष्ट्र बैङ्‌क, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्‌घ, केन्द्रीय कृषि सहकारी सङ्‌घ, राष्ट्रिय सहकारी महासङ्‌घ तथा नेपाल सरकारका अन्य निकायको समेत शेयर सहभागिता रहन सक्नेछ ।

(५) बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि न्यूनतम चुक्ता शेयर पूँजी साठी करोड रुपैयाँ हुनेछ तथा सोको कम्तीमा साठी प्रतिशत संस्थाहरूले जम्मा गरेको हुनुपर्नेछ ।

  • बचत तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति : (१) बचत तथा कर्जा सुरक्षण कोषको सञ्चालनका लागि देहायबमोजिमको एक सञ्चालक समिति रहनेछ :-

(क) साधारण सभाबाट निर्वाचित व्यक्ति           – अध्यक्ष

(ख) सहसचिव,  मन्त्रालय                    – सदस्य

(ग) सहसचिव, अर्थ मन्त्रालय                       – सदस्य

(घ) रजिष्ट्रार, सहकारी विभाग                       – सदस्य

(ङ) निर्देशक, नेपाल राष्ट्र बैङ्‌क                 – सदस्य

(च) सदस्य-सचिव, राष्ट्रिय सहकारी विकास बोर्ड      – सदस्य

(छ) कार्यकारी प्रमुख, राष्ट्रिय सहकारी महासङ्‌घ      – सदस्य

(ज) कार्यकारी प्रमुख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी

सङ्‌घ                                – सदस्य

(झ) कार्यकारी प्रमुख, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी

सङ्‌घ                                – सदस्य

(ञ) कार्यकारी प्रमुख, राष्ट्रिय सहकारी बैङ्‌क             – सदस्य

(ट) कार्यकारी प्रमुख, नेपाल कृषि सहकारी केन्द्रीय सङ्‌घ    – सदस्य

(ठ) साधारण सभाबाट निर्वाचित कम्तीमा एक जना महिलासहित

तीन जना                             – सदस्य

(ड) कार्यकारी प्रमुख,  बचत तथा कर्जा सुरक्षण कोष    -सदस्य-सचिव

(२) उपनियम (१) को खण्ड (क) र (ठ) बमोजिम निर्वाचित पदाधिकारीको पदावधि चार वर्षको हुनेछ र निज पुनः एक पटकको लागि निर्वाचित हुन सक्नेछ ।

  • बचत तथा कर्जा सुरक्षण सम्बन्धी व्यवस्था : (१) सहकारी बचत तथा कर्जा सुरक्षण कोषले आफ्ना सदस्य संस्थामा सदस्यले जम्मा गरेको तीन लाख रुपैयाँसम्मको बचत सुरक्षण गर्न सक्नेछ ।

(२) बचत तथा कर्जा सुरक्षण कोषले आफ्ना सदस्य संस्थाहरूबाट लगानी भएको कर्जा देहायबमोजिम सुरक्षण गर्न सक्नेछ :-

(क) तीस हजार रुपैयाँसम्मको आकस्मिक आवश्यकता कर्जा‚

(ख) एक लाख रुपैयाँसम्मको पशुधन कर्जा‚

(ग) तीन लाख रुपैयाँसम्मको लघु‚ साना तथा मझौला उद्यम कर्जा‚

(घ) पाँच लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा‚

(ङ) दुई लाख रुपैयाँसम्मको अन्य कर्जा ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बचत तथा कर्जा सुरक्षण कोषको पूर्व-स्वीकृति लिएको अवस्थामा दश लाख रुपैयाँसम्मको कर्जा सुरक्षण गर्न सकिनेछ ।

(४) यस नियमबमोजिम सुरक्षण गरिएको बचत वा कर्जा रकमको सीमा साँवामा ब्याजसमेत जोडी कायम गरिनेछ ।

तर एकै सदस्यले एकभन्दा बढी प्रकारको बचत गरेको वा कर्जा लिएकोमा त्यस्ता सबै प्रकारका बचत वा कर्जाको साँवामा ब्याज जोडी सीमा कायम गरिनेछ ।

  • सुरक्षण नहुने : नियम 6६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको बचत तथा कर्जाको रकम बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्नेछैन :-

(क) संस्थाले गैरसदस्यसँग लिएको बचत तथा गैरसदस्यलाई दिएको कर्जा‚

(ख) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी प्रचलित कानूनअन्तर्गत जारी निर्देशनबमोजिम सदस्य पहिचान तथा सम्पुष्टि नगरी सदस्यबाट लिएको बचत तथा त्यस्तो सदस्यलाई दिएको कर्जा,

(ग) ऐन‚ यस नियमावली‚ विनियम तथा संस्थाको आन्तरिक कार्यविधिका व्यवस्थाविपरीत सङ्‍कलन गरिएको बचत वा प्रदान गरिएको  कर्जा ।

  • क्षतिपूर्ति दिन सक्ने : (१) बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिएको कर्जाको असी प्रतिशत ननाघ्ने गरी क्षतिपूर्ति दिन सक्नेछ ।

(२) सदस्य संस्थाले कर्जाको भाखा नाघेको दुई वर्षपछि उपनियम (१) बमोजिम क्षतिपूर्तिका लागि दाबी गर्न सक्नेछ ।

(३) बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरेको बचतको क्षतिपूर्ति रकम ऐनको दफा ८९ बमोजिम नियुक्त लिक्विडेटर वा दफा १०५ बमोजिम गठित व्यवस्थापन समितिले गरेको सिफारिसको आधारमा भुक्तानी दिनेछ ।

  • बचत तथा कर्जा सुरक्षण कोषसम्बन्धी अन्य व्यवस्था : बचत तथा कर्जा सुरक्षण कोषको स्थापना‚ प्रिमियम संरचना‚ क्षतिपूर्ति दिएको रकम असुलउपर तथा प्राप्तिको प्रक्रिया र सञ्चालनसम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले स्वीकृत गरेको कार्यविधिबमोजिम हुनेछ ।
  • आपसी सुरक्षण सेवा सञ्चालन : (१) ऐनको दफा १०२ को उपदफा (२) बमोजिम आपसी सुरक्षण सेवा सञ्चालन गर्ने संस्थाको न्यूनतम मापदण्ड देहायबमोजिम हुनेछ :-

(क) संस्था दर्ता भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्ने‚

(ख) विगत दुई वर्षदेखि संस्था नाफामा सञ्चालन भएको हुनुपर्ने‚

(ग) सुरक्षण गरिने बालीनालीको खेती गर्ने वा वस्तुभाउ पाल्ने सदस्यको सङ्ख्या कम्तीमा तीन सय हुनुपर्ने‚

(घ) जगेडा कोषमा कम्तीमा पचास लाख रुपैयाँ र घाटापूर्ति कोषमा कम्तीमा पच्चीस लाख रुपैयाँ हुनुपर्ने‚

(ङ) शेयर पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्ने,

(च) संस्थाले बचत परिचालन गरेको भए ऐनको दफा ५० को उपदफा (२) मा निर्धारित सीमाभित्र नियमित प्रकृतिको बचतमात्र परिचालन गरेको हुनुपर्ने तथा शेयर पूँजी तथा संस्थागत पूँजी गरी जम्मा बचत दायित्वको कम्तीमा बीस प्रतिशत पुगेको हुनुपर्ने ।

(२) आपसी सुरक्षण सञ्चालनसम्बन्धी अन्य व्यवस्था मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम हुनेछ ।

अभिलेख

लोकप्रिय