काठमाडौं, २७ बैशाख
काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा मनोजकुमार थापा निर्वाचित भएका छन् । शुक्रबार भएको संघको ४ औं साधारणसभाबाट थापा निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौंको नैकाप स्थित तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै सोही साधारणसभाले सञ्चालक समिति र लेखा समिति समेत चयन गरेको छ ।