रचनात्मक काम गर्दै रोयलले मनायो २२ औं वार्षिक उत्सव

काठमाडौं, ९ बैशाख

काठमाडौंको बसुन्धरा स्थित रोयल बहुउद्देश्यीय सहकारी संस्थाले विविध सामाजिक कार्य गर्दै २२ औं वार्षिक उत्सव मनाएको छ । संस्थाले सरसफाई, रक्तदान, विभिन्न सहयोग जस्ता रचनात्मक कार्य गर्दै वार्षिक उत्सव मनाएको हो ।

संस्थाले सोमबार (बैशाख ९ गते) एक कार्यक्रमको बीच केक काटी स्थापना दिवस मनाएको हो ।

वार्षिक उत्सव मनाउने क्रममा संस्थाले बैशाख ४ गते दक्षिणकाली–५ फर्पिङ शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न सामग्री बितरण गरेको थियो । त्यस्तै बैशाख ५ गते ‘सदस्य सेवा केन्द्र साँखु’को आयोजनामा जोतिलिङ्गेश्वर मन्दिर सरसफाई गर्नुका साथै शंकरापुर नगरपालिका–६ सांखु स्थित द्वन्द पीडित तथा अपाङ समाज, नेपालमा संस्थाले खाद्य सामग्री बितरण गरेको थियो ।

त्यस्तै बैशाख ६ गते नै मातृ नेपाल अपाङ संघ द्वारा सन्चालित बालगृह तीनपिप्लेमा खाद्य सामग्री बितरण गरेको थियो । सोही दिन तीनपिप्लेमा स्थानीय क्षेत्र सरसफाइ समेत गरिएको थियो ।

बैशाख ७ गते पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको को जुत्ता चप्पल राख्ने प्रायोजनको लागि झोला बितरण गरिएको थियो ।

बैशाख ८ गते स्थानिय क्षेत्र तथा बुढानिलकण्ठ मन्दिर सरसफाई गरिएको थियो । त्यस्तै ८ गते नै नेपालमा भएका अनाथ तथा असहाय बाल सुधार संघमा खाद्य सामग्री वितरण गरिएको थियो ।

बैशाख ९ गते स्थानिय क्षेत्र तथा बसुन्धारा मन्दिर सरसफाई गरिएको थियो । सोही दिन संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसैगरी लामो समयदेखि बागमती सफाई महाअभियानमा निरन्तर रोयल सहकारीले सहभागीता जनाउँदै आएको छ ।

रोयल सहकारीको बारेमा

सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको यस संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यत्तिहरुवाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ ।

संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरी ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको छ । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरेको थियो ।

संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस