६ बैशाख २०८१, बिहीबार

२ सय ९६ सहकारी मिलेर चितवनमा ‘पेट्रोल पम्प’ सञ्चालन

८ बैशाख २०७६, आईतवार
२ सय ९६ सहकारी मिलेर चितवनमा ‘पेट्रोल पम्प’ सञ्चालन

चितवन, ८ बैशाख
चितवन जिल्लामा सञ्चालित सहकारी संस्थाहरु मिलेर पेट्रोल पम्प संचालनमा ल्याएका छन् । जिल्ला सहकारी संघ, चितवनले भरतपुर–१० स्थित संघकै जग्गामा पेट्रोल पम्प निर्माण सञ्चालनमा ल्याएको हो ।

६० हजार लिटर डिजेल र ४४ हजार लिटर पेट्रोल भण्डारण क्षमता पेट्रोल पम्पको रहेको छ । चितवनमा सञ्चालित २ सय ९६ सहकारीको लगानी पेट्रोल पम्पमा रहेको छ । एक सहकारीबाट २५ हजारदेखि पाँच लाखसम्मको सेयर पेट्रोल पम्पमा राखिएको छ ।

आईतबार एक कार्यक्रमको बीच पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाले उद्घाटन गरे ।

सहकारी संस्थाहरुको संयुक्त लगानीबाट निर्माण भएको नेपालकै पहिलो पम्प हो । पेट्रोल पम्पलाई देशकै नमूनाको रुपमा संचालन गर्ने योजना रहेको जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराईले बताए । सहकारी संघको संयोजनमा संचालन उपसमिति निमार्ण गरिएको छ । पम्प निमार्णसहित ट्याङ्कर खरिद र सुरुवातमा तेल खरिद सहित करिब पाँच करोड लागत पुगेको संघले जनाएको छ । एक वर्ष अघि निमार्ण थालिएपनि आयल निगमले संचालन अनुमति दिन ढिलाई गरेको थियो ।

एक बिघा क्षेत्रफलमा पेट्रोलपम्प निर्माण गरिएको छ । पम्पसँगै निमार्ण गरिएको २२ वटा व्यवसायीक सटरमा राखिएको छ । सहकारी संस्थाहरुबाट सञ्चालन भएकाले अन्य पम्पमा भन्दा केही सस्तोमा तेल बिक्री वितरण हुने पम्प पनमार्ण समितिका संयोजक भक्तिराम अधिकारीले बताए ।

अभिलेख

लोकप्रिय