BREAKING NEWS:
Search

चन्द्रागिरि साकोसको सम्पत्ति १ अर्ब ६१ करोड, संस्थाले मनायो १८ औं स्थापना दिवस

काठमाडौं, ६ बैशाख
काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस)को १८ औं स्थापना दिवस मनाएको छ ।


संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद्, विभिन्न उप समिति र कर्मचारी व्यवस्थापन संयुक्त रुपमा भेला भई विगत १८ वर्षका गतिविधिहरुको स्मरण गर्दै यस दिवस मनाइयो ।


संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले केक काटेर स्थापना दिवसको उद्घाटन गरे । वि.स. २०५८ साल बैशाख ६ गते ५८ जना व्यक्तिहरु मिलेर ३ लाख ५८ हजार रकम संकलन गरी यस संस्थाको स्थापना भएको हो ।


संस्थाका अध्यक्ष शिवशंकर मानन्धर केक काट्दै । तस्बिर सौजन्यः चन्द्रागिरि साकोस


संस्थामा २०७६ चैत्र मसान्त सम्ममा ११ हजार ८ सय ५० जना सदस्य र १ अर्ब ६१ करोडको सम्पत्ति पुगेको छ । संस्थामा हाल १२ प्रकारका बचत, १३ प्रकारका ऋण, १० प्रकारका सदस्य सामाजिक सुरक्षा तथा लाभका कार्यक्रमको साथै ४ प्रकारका अन्य सेवाहरु उपलब्ध रहेका छन् ।

संयुक्त तस्बिर खिचाउँदै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद्, विभिन्न उप–समिति र कर्मचारीहरु तस्बिर . सौजन्यः चन्द्रागिरि साकोस


‘दिगो संस्था, सुखी र समृद्ध सदस्य’ भन्ने मुल नारा अंगिकार गरी आगामी ४ बर्षमा संस्थाले १९ हजार १ सय जना व्यक्तिहरुलाई आवद्ध गराई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने र ४ अर्ब ६४ करोड पूँजि परिचालन गरि सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृति जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।



प्रतिक्रिया दिनुहोस