६ बैशाख २०८१, बिहीबार

मकवानपुरका तीन सहकारीलाई चन्द्रागिरि साकोसको सम्मान

१ बैशाख २०७६, आईतवार
मकवानपुरका तीन सहकारीलाई चन्द्रागिरि साकोसको सम्मान

काठमाडौं, १ वैशाख
मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–७ थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को अध्ययन अवलोन भ्रमण गरेको छ ।
मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष राधा सिन्तानको नेतृत्वमा आएको अध्ययन भ्रमण टोलीमा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्ने उक्त संघको सञ्चालक समिति, उप समिति र व्यवस्थानका प्रनितिहरु गरी जम्मा १९ जनाको सहभागिता रहेको थियो । भ्रमणमा आउने संस्थाहरुमध्ये ३ वटा संस्था नेपाल सरकार सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)द्वारा २०७५ पौष ५ गते प्रोबेसन ब्राण्ड प्रमाणीकरण प्राप्त गर्न सफल भएका संस्थाहरु रहेका छन् । सहकारी अभियानको लागि अनुकरणीय कार्य गरी नेपालस्तरीय ब्राण्ड प्राप्त गर्न सफल भएकोमा गौरवान्वित हुँदै आगामी दिनहरुमा समेत समुदाय र राष्ट्रको समृद्धिमा योगदान पु¥याउन सफलता मिल्ने विश्वास गर्दै चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उक्त अध्ययन भ्रमणको कार्यक्रमको क्रममा तीन संस्थाहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने संस्थाहरुमा मकवापुर जिल्ला भिमफेदी गाउँपालिका–४ स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था, मकवानपुर गढी गाउँपालिका–३ स्थित महिला जागरण बचत तथा ऋण सहकारी संस्था र हेटौंडा उपमहानगरपालिका– १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था रहेका छन् । सम्मानका क्रममा महिला अभियानको लेखा संयोजक राधा सिन्तान, महिला जागरणको अध्यक्ष कल्पना श्रेष्ठ र महिला मिलनको अध्यक्ष विष्णुमाया लामालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।


अध्ययन भ्रमण अन्तरक्रियाको क्रममा संस्थाका सचिव योगेन्द्रकुमार कुँवरले सहभागीहरुलाई स्वागत गरेका थिए । संस्थाका गतिविधिहरुको बारेमा प्रस्तुती संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले गरेका थिए भने सञ्चालक सूर्यनारायण मानन्धर, शरद कुँवर, दीलकुमारी महर्जन र लेखा सुपरीवेक्षण समितिका सदस्य भानुप्रकाश ढकालले सहभागीहरु संग अन्तरक्रिया गरेका थिए । मन्तव्यको क्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष राधा सिन्तानले सहकारी संस्थाहरुले हासिल गरेका उपलब्धिहरु सदस्य र समुदायस्तर सम्म बुझाउन आवश्यक रहेको कुरामा जोड दिए । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले मकवापुर जिल्ला बचत संघलाई अध्ययन अवलोकन भ्रमणको गन्तव्य आफ्नो संस्थालाई बनाएकोमा धन्यवाद ज्ञापन गर्दै मकवानपुर जिल्लाको सहकारीको गतिविधि र प्रगतिहरुबाट आफु प्रभावित भएको विचार व्यक्त गरे ।

अभिलेख

लोकप्रिय