६ बैशाख २०८१, बिहीबार

सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित

२२ चैत्र २०७५, शुक्रबार
सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित

बागलुङ, २२ चैत
जिल्ला सहकारी संघ बागलुङले सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई सम्मान गरिएको छ ।


६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित मुल समारोहबाट उनी सम्मानित भएका हुन् । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष समेत रहेका जिसीले बागलुङ जिल्ला सहित देशभरकै सहकारी अभियानलाई अगाडि बढाउन निरन्तर रुपमा सक्रिय रहेकोले सम्मान गरिएको संघका अध्यक्ष दिपक गौतमले बताए ।


२०५० सालमा जिल्ला सहकारी संघको सहायक प्रवन्धकका रुपमा सहकारी अभियानमा प्रवेश गरेका जिसी २०५८ देखि सहकारी संघ संस्थाको नेतृत्व गर्दै आइरहनु भएको छ । सहकारी संस्थाको पदाधिकारी हुँदै जिल्ला सहकारी संघ बागलुङको अध्यक्ष, राष्ट्रिय सहकारी बैंकको सञ्चालक लगायत सहकारी अभियानका विभिन्न ठाउँमा रहेर ग्रामिण क्षेत्रमा सहकारी अभियानलाई प्रवद्र्धन गर्नुका साथैै जिल्ला सहकारी संघलाई सक्रिय र संस्थागत गराउन समेत जिसीको योगदान गरेको जिल्ला सहकारी संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय