बिन्धवासिनी साकोसको ७ औं सेवाकेन्द्र रोशीको खहरेपाँगुमा

बनेपा, २१ चैत्र
काभ्रेको बनेपा–१० खोपासी स्थित बिन्धवासिनी बचत तथा ऋण सहकारीले रोशी गाउँपालिकाको खहरेपाँगुमा सदस्य सेवा केन्द्र स्थापना गरेको छ । संस्थाको यो ७ औं सेवा केन्द्र हो । उक्त सेवा केन्द्रको शुभारम्भ रोशी गाउँपालिकाका अध्यक्ष डि.बी, लामाले गरेका थिए ।
यो सेवाकेन्द्रबाट ३ सय ३७ सदस्यलाई सेवा सुभारम्भ गरिएको छ । दुई जना कर्मचारी रहेको यस सेवाकेन्द्रले ३ करोड कारोबार सुरु गरेको छ । यो आर्थिक वर्षभित्र एक हजार सदस्य बनाउने उद्देश्यका साथ सेवाकेन्द्र विस्तार गरिएको संस्थाका प्रमुख व्यवस्थापक के.बी. लामाले सहकारीखबरलाई बताए ।
बनेपामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले पनौती सेवा केन्द्र, बनेपा सेवा केन्द्र, खोपासी सेवा केन्द्र, ढुंखर्क सेवा केन्द्र, पाँचखाल सेवा केन्द्र र भकुण्डे सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
सहकारीमा ३१ हजार तीन सय ६७ सदस्य, ६ हजार ८ सय ६५ बाल बचतकर्ता गरि कुल ३८ हजार २ सय ३६ लाई सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको सेयर पुँजी २५ करोड ६३ लाख ६० हजार रहेको छ । १ अर्ब ७५ करोड ६० लाख ३४ हजार बचत रहेको संस्थाले २ अर्ब ७ लाख २५ हजार लगानी गरेको छ । संथाको कुल कारोबार २ अर्ब ३९ करोड ७७ लाख ८८ हजार रहेको प्रमुख व्यवस्थापक लामाले बताए ।
बिन्धवासिनी सहकारीले अन्तराष्ट्रिय एक्सेस ब्राण्ड (सिल्भर) प्राप्त गर्न सफल भैसकेको छ । त्यस्तै कुमी अर्वास समेत प्राप्त गर्न सफल भैसकेको छ ।
बिन्धवासिनी समुदायमा आधारित नेपालकै उत्कृष्ठ सहकारीको रुपमा परिचित छ । वित्तीय सेवाको अलवा समुदायमा आधारित विविध काम गर्दै आएको छ । सहकारीले मोबाई बैकिङ सेवाको साथै एटिएम सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस