१६ चैत्र २०८०, शुक्रबार

सुधीर बस्नेत र ओरेन्टल सहकारीको सबै सम्पत्ति लिलाममा

२० चैत्र २०७५, बुधबार
सुधीर बस्नेत र ओरेन्टल सहकारीको सबै सम्पत्ति लिलाममा

काठमाडौं, २० चैत्र

ओरेन्टल सहकारी पीडितहरु

ओरेण्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेत र सहकारीको नाममा रहेको सबै सम्पत्ति लिलामीमा बिक्री हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले संस्था र बस्नेतको नाममा रहेको चल अचल सम्पती लिलामि प्रक्रिया अघि बढाएको छ ।

बस्नेतको एकल स्वामित्वमा कोहिनुर हिल हाउजिङ प्रालि अन्तर्गत भेगाससिटी अपार्टमेन्ट रहेको छ । यस्तै भक्तपुरको गुन्डुमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा, संस्थाको नाममा रहेको चितवन, नवलपरासी, तनहुँ, कास्की, मकवानपुर, दाङ र मोरङको जग्गा लिलामबिक्री गर्न लागिएको समितिका सदस्य सचिव रेवतीरमण पोखरेलले जानकारी दिए ।
समितिले चैत्र २० गते (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेत र सहकारीको नाममा रहेको सबै सम्पत्ति लिलाम गरि सहकारी ऐन २०७४ को दफा १०८ अनुसार दायित्व भुक्तानी गर्ने बताएको छ ।

ओरेन्टल सहकारीबाट निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, सेयर सदस्य तथा अन्य गरी सात हजार पाँच सय ४६ जना पीडित छन् । सहकारीको १६ अर्ब एक करोड ४५ लाख दायित्व छ । संस्थाका निक्षेपकर्ताको आठ अर्ब ३८ करोड र अपार्टमेन्ट बुकिङकर्ताको चार अर्ब ९२ करोड रुपैयाँ फसेको छ ।

अभिलेख

लोकप्रिय