१३ बैशाख २०८१, बिहीबार

६२ औं सहकारी दिवसमा नेचुरल सहकारी सम्मानित

२० चैत्र २०७५, बुधबार
६२ औं सहकारी दिवसमा नेचुरल सहकारी सम्मानित

काठमाडौं, २० चैत्र
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी ६२ औं राष्ट्रिय सहकारी दिवसमा सम्मानित भएको छ ।
जिल्ला सहकारी संघ, काठमाडौंले सहकारी दिवस मनाउने क्रममा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सफल बनाउन पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानित भएको हो ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको भृकुटी मण्डपमा आयोजित एक कार्यक्रमको बीच सम्मानित भएको हो । प्रदेश तीनका सांसद तथा केन्द्रिय स्वास्थ्य सहकारी संघका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकलाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । नेचुरल सहकारीले बाग्मती सफाई र प्रभातफेरि विधामा दुई वटा प्रशंसा पत्र पाउन सफल भएको हो ।

नेचुरल सहकारीले सहकारीका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएको छ । सहकारीले काठमाडौंको जोरपाटी, साँखु र नयाँबजारबाट आफ्नै सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय