१६ चैत्र २०८०, शुक्रबार

‘नाम मात्रैका सफ्टवेयरले झण्झट बेहोर्दै छन् सहकारी’

९ माघ २०७५, बुधबार
‘नाम मात्रैका सफ्टवेयरले झण्झट बेहोर्दै छन् सहकारी’

50286971_231466851134034_7056273178724663296_nदिनेश राजभण्डारी

MBNepalLogo
मार्केटिङ म्यानेजर, माईक्रो बैंकर नेपाल प्रा. लि.

माईक्रो बैंकर के हो ?

ग्लष्तभम ल्बतष्यलक र न्क्ष्श् को सहयोगमा प्राप्त भई विकास गरिएको अन्तर्राष्ट्रिय बैंकिङ सफ्टवेयर हो माईक्रो बैंकर । १९८८ सालमा थाईल्याण्डमा यो सफ्टवेयरको विकास गरिएको हो । माईक्रो बैंकर अन्तर्राष्ट्रिय बैंकिङ सफ्टवेयरको नेपालको लागि आधिकारीक विक्रेताको रुपमा माईक्रो बैंकर नेपाल प्रा. लि. रहेको छ ।

यो सफ्टवेयर विभिन्न मुलुकहरुमा २२ सयभन्दा बढी बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, लद्युवित्त, इन्भेष्टमेन्ट कम्पनी आदिले प्रयोग गरिरहेको छ । सस्तो मुल्यमा गुणस्तरीय सफ्टवेयरको रुपमा विश्वभर परिचित छ । नेपालमा यो सफ्टवेयर १९९० बाट सुरुवात भएको हो । नेपाल बैंक लिमिटेडबाट यो सफ्टवेयर नेपाल प्रवेश गरेको हो । नेपालमा यसको उपयोग बढ्दै गएपछि १९९४ सालबाट संस्थागत रुपमा आधिकारीक विक्रेताको रुपमा सुरु गरेका हौं । नेपालमा मात्रै यसका प्रयोगकर्ता ४ सय भन्दा बढी वित्तीय संस्था छन् ।

माईक्रो बैंकर तीनवटा भाषामा चलाउन सकिन्छ । थाई, अंग्रेजी र चाईनिजभाषमा उपलब्ध छन् । नेपाली भाषामा पनि संचालन गरेका थियौं तर नेपाली भाषामा केही असहज भएपछि हटाएका हौं । बैंकिङ सिस्टममा अंग्रेजी नै सहज हुने भएकाले हटाएका हौं ।

बजारमा पाइने अन्य सफ्टवेयर र माईक्रो बैंकरमा के फरक छ ?

हिसाब किताब त एक्सलमा पनि राख्न सकिन्छ । तर सफ्टवेयर राखिसकेपछि कुनै पनि खालको झण्झट आउनु भएन । सफ्टवेयरबाट सहजै चुस्त दुरुस्त हिसाब आउने हुनुपर्दछ । सफ्टवेयरमा रिपोर्टिङ प्रापेजमा धेरै ल्याकिङ हुने समस्या हुने हुन्छ तर माईक्रो बैंकरमा त्यस्तो छैन । नाम मात्रैका सफ्टवेयर धेरै छन् । सहकारीहरुले धेरै झण्झट बेहोर्दै आएका छन् । माईक्रो बैंकर पूर्ण रुपमा बैंकिङ सफ्टवेयर भएको हुँदा कुनै झण्झट र समस्या छैन । २७ वर्षको अनुभव हामीले संगालेका छौं । सहकारीमा चाहिने सबैखालका सेवा हामीले दिएका छौं । बजारमा पाउने लोकन सफ्टवेयरभन्दा माईक्रो बैंकर धेरै सुरक्षित पनि छ ।

फिचरहरु के–के छन् ?

माईक्रो बैंकर पूर्ण रुपमा बैंकिङ सफ्टवेयर हो । बचत, निक्षेप, ऋण, सदस्यको रेकर्ड लगायत धेरै फिचर यसमा छ । एटिएम सेवा, इन्टरनेट बैंकिङ सेवा, स्मार्ट बैंकिङ, मोबाईल वालेट सेवा, फिङ्गर प्रिट डिभाईस सेवा, मेशिनबाटै स्टेटमेण्ट प्रिन्ट गर्न सकिने फिचरर्स यसमा छन् । यो सँगै वित्तीय संस्थालाई चाहिने विविध फिचर हामीसँग छन् ।

micro banker nepal

सफ्टवेयर राख्दा के–के कुरामा ध्यान दिनु आवश्यक छ ?

कोर बैंकिङ सिस्टम भनेको कुनै पनि संस्थाको मेरुदण्ड हो । बेला बेलामा सिस्टम चेन्ज गर्दा विश्वसनीयता गुम्न जान्छ । यदी सुरुवात देखिनै राम्रो सफ्टवेयर राख्नु भयो भने कुनैपनि बेला चाहेको बेला चाहेको सेवा लिन सकिन्छ । सफ्टवेर राखिसकेपछि चेन्ज गरिरहन सकिन्न । त्यसैले यो विषयमा बेलैमा बुझ्नु आवश्यक छ । संस्थालाई माथि उकास्न राम्रो र सुरक्षित सफ्टवेयरको धेरै भूमिका रहन्छ ।

सहकारीले माईक्रो बैंकर सेवा कसरी लिन सक्छन् ?

हामी सहकारी संस्थाले कसरी सिस्टम रन गरिरहेको छ त्यो अध्ययन गर्दछौं । यदी नयाँ संस्था हो भने हाम्रो फि को स्टक्चर अनुसार सेवा लिन सक्नुहुन्छ । एक हप्ता भित्रै सिस्टमलाई रन गर्न सक्छौं । यदी पुरानो संस्था हो भने डाटाहरु सिस्टममा राख्नुपर्ने हुन्छ । सफ्टवेयर चेन्ज गर्ने भनेको अडिट गर्ने जस्तै हो । सबै प्रक्रिया पुरा गरेपछि सेवा दिन सक्छौं । न्युनतम मूल्यमा अन्तर्राष्ट्रिय सफ्टवेयर हामीले बिक्रि गर्दै आएका छौं । हाम्रो सेवा अन्तर्राष्ट्रिय स्तरको भएको हुँदा विश्वसनीय र सुरक्षित छ ।

माईक्रो बैंकरको सेवा कहाँ–कहाँ उपलब्ध छ ?
हामीले नेपाल अधिराज्य भर नै सेवा दिन सक्छौं । डोल्पामा समेत सेवा प्रदान गरिरहेका छौं । सबै ठाउँमा इज्टरनेटको सुविधा पुग्ने तयारीमा छ । यसले गर्दा अझ सहज हुन्छ । यो सफ्टवेयर विश्व स्तरिय हो । नेपालमा बसेर पनि १० वटा मुलुकमा अनलाईन सर्पोट सेवा प्रदान गर्दै आएका छौं ।

अभिलेख

लोकप्रिय