BREAKING NEWS:
Search

सहकारीबाट ऋण लिदै हुनुहुन्छ ?, पहिला व्यवस्थापक वा अध्यक्षलाई यी प्रश्न सोध्नुस् !

ऋण दिने संस्था लाई सोध्ने प्रश्नहरु:

  • तपाईले ऋण लिन लाग्नु भएको संस्था नेपाल सरकारबाट स्वीकृति प्राप्त संस्था हो कि होइन ?
  • ऋण लिन कति समय लाग्छ?
  • ऋण लिन के के कानुनी प्रक्रिया अपनाउनु पर्छ ?/ के के कागजपत्रहरु चाहिन्छ?
  • तपाइले ऋण बापत तिर्नु पर्ने ब्याजदर कति हो ? र यो फेरबदल हुन्छ कि हुदैन?
  • साँवा र ब्याज बाहेक अन्य सेवा शुल्कहरु तिर्नु पर्छ कि पर्दैन ?/पर्छ भने कति तिर्नु पर्छ ?
  • कति र के सम्पत्ति, धनीपुर्जा, सुनचाँदी आदि धितो राख्नु पर्छ ?
  • ऋण कति किस्तामा र एक पटकमा कति रुपैया गरि कहिलेसम्म तिर्नु पर्छ ?
  • ऋण तिर्न सकेन भने कस्तो सजाय/जरिवाना हुन्छ ?

महत्वपूर्ण कुरा: ऋण लिने अन्तिम निर्णय गर्नु भन्दा अघि दुई वा सो भन्दा बढी संस्थाहरुलाई यी प्रश्नहरु सोधि एक आपसमा तुलना गर्दा अझ राम्रो हुन्छ।



प्रतिक्रिया दिनुहोस