BREAKING NEWS:
Search

सहकारी संस्थामा बचत गर्न के गर्नु पर्छ ?

यदी सहकारीमा बचत गर्ने मन छ भने पहिलो कुरा त सहकारीमा सदस्य बन्नुपर्छ । सहकारीको सदस्य भनेको सेयर धनी पनि हो ।

  • सदस्य बनेपछि हरेक दिन, साता वा महिनामा तपाईले तोकिए बमोजिमको अनिवार्य बचत रकम जम्मा गर्नुपर्छ ।
  • यस्ता सहकारी संस्थाहरुमा अनिवार्य बचत भनि न्युनतम रकम दैनिक, साप्ताहिक वा मासिक रुपले तिर्नु पर्ने गरि नियम बनाइएको हुन्छ ।
  • प्राय अनिवार्य बचतको रकम धनि(गरिव सबैले तिर्न सक्ने गरि राखिएको हुन्छ ।
  • यदी संस्थामा अन्य स्किमहरु (जस्तैः ऐच्छिक बचत, दैनिक बचत, साप्ताहिक बचत, त्रैमासिक बचत, बाल बचत आदी० छन् भने अनिवार्य बचत भन्दा बढी रकम जम्मा गर्न पनि मिल्छ)
  • सहकारी संस्थाहरुमा बचत गर्दा, धेरै जसो बढीमा वार्षिक १२ प्रतिशतसम्म ब्याज पाइने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस