१६ चैत्र २०८०, शुक्रबार

सहकारीमैत्री कानुन बनाउन राष्ट्रिय सहकारी महासंघले पहल गर्ने

२७ पुष २०७५, शुक्रबार
सहकारीमैत्री कानुन बनाउन राष्ट्रिय सहकारी महासंघले पहल गर्ने

IMG_6622

काठमाडौं, २७ पुस

सहकारीकर्मीहरुले सहकारी संघ/संस्थाहरुमार्फत उद्यमशिलता विकासका लागि संघिय, प्रदेश र स्थानीय तहका कानुनहरुलाई सहकारी मैत्री बनाउने प्रतिबद्धता जायर गरेका छन् । सहकारी स्थानीय तहदेखि प्रदेश र संघसँम्मको क्षेत्रअधिकारभित्र रहेकाले सबै तहमा बन्ने सबै क्षेत्रका कानुनलाई सहकारीमैत्री बनाउनका लागि सामुहिक पहल गर्ने सहकारीकर्मीले प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीले सो प्रतिबद्धता जायर गरेको हो । गोष्ठी पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको हो । बिहीबारदेखि सुरु भएको सो गोष्ठीले सबै क्षेत्रमा सहकारीको च्यानल प्रवेशका लाग बाधा पु¥याउने कानुनलाई संशोधनका लागि सामुहिक प्रयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताए ।

उनले भन्नुभयो, ‘सहकारी जागरणको चरणबाट माथि उठिसकेका छन् । अब उद्यमशिलतामार्फत दिगो अर्थतन्त्र निर्माणमा भूमिका खेल्न चाहान्छन् । यसका लागि सबै उद्योग धन्दामा सहकारीको प्रवेशका लागि जहाँ जहाँ कानुनी अड्चन छन् त्यसलाई हटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

घोषणापत्रमा नविन प्रविधिको प्रयोग मार्फत सहकारी संघ÷संस्थाहरुका व्यवसायलाई पतिस्पर्धी बनाउँदै मुलुकभित्रै रोजगार सिर्जना गर्ने संकल्प समेत गरिएको छ । त्यसैगरि सहकारी–सहकारीबीचको सहकार्यलाई सवल बनाई मूल्य शृखला मार्फत प्रशोधन तथा बजारीकरण गर्दै लद्यु, मझौला र ठूला उद्योहरु संचालन गर्ने समेत घोषणपत्रमा उल्लेख छ ।

त्यसैगरि सहकारीमार्फत आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सहकारीको योगदान बृद्धि गर्दै २०३० मा हासिल गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता समेत घोषणपत्रमा व्यक्त गरिएको छ ।

सो गोष्ठीको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्नुभएको थियो भने समापन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले गरे । गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालील सहकारी उद्यमशिलता प्रवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्था विषय कार्यपत्र प्रस्तुत गर्नुभयो भने पूर्व मन्त्री गणेश शाहले उद्यमशिलता विकासमा नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मानव चेतना एवं योग विज्ञान विशेषज्ञ डा राजु अधिकारीले व्यवसायकि सफलताको लागि सकारात्मक सोचको विकास विषय प्रस्तुती गर्नुभयो । त्यसैगरि अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णले सहकारी–सहकारीबिचको व्यवसायः सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उद्यमशिलता विज्ञ तथा क्यारीयर परामर्शदाता तारा ढकाललले सहकारी मार्फत लद्यु उद्यम प्रवद्र्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यी कार्यपत्रलगायत सहभागीहरुको बिचमा भएको छलफलको आधारमा पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरिएको हो । गोष्ठीमा सातवटै देशभरिका २ सय ३० भन्दा बढि सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायको प्रतिनिधित्व रहेको थियो ।

अभिलेख

लोकप्रिय