१६ चैत्र २०८०, शुक्रबार

कास्कुन निर्वाचनः गोविन्द काफ्लेको नेतृत्वमा उम्मेदवारी दर्ता

२५ पुष २०७५, बुधबार
कास्कुन निर्वाचनः गोविन्द काफ्लेको नेतृत्वमा उम्मेदवारी दर्ता

kafle

काठमाडौं, २५ पुस

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) को अध्यक्ष पदका लागि गोविन्द काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् ।

विश्वज्योती बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गरेका काफ्लेसहित १८ जनाले उम्मेदवारी दर्ता गरेको हो ।

सहमतीमा नेतृत्व चयन गर्ने भनिएपनि सहमती हुन नसकेपछि काफ्लेको नेतृत्वमा उम्मेदवारी दिएको हो । काफ्ले कांग्रेस निकट मानिन्छ । काफ्ले नेतृत्वले २ बजेर ५४ मिनेट जाँदा उम्मेदवारी दार्ता गराएको हो ।

तीन बजेसम्म उम्मेदवारी दिने समय तोकिएपनि अन्य कुनै प्रतिस्पर्धीले उम्मेदवारी दिएको छैन ।

काफ्ले वर्तमान सञ्चालक समितिका कोषाध्यक्ष हुन् ।

अभिलेख

लोकप्रिय