१५ चैत्र २०८०, बिहीबार

सहकारीलाई शसक्त बनाउन हातेमालो गरौंः मन्त्री अर्याल

२४ पुष २०७५, मंगलवार
सहकारीलाई शसक्त बनाउन हातेमालो गरौंः मन्त्री अर्याल

mmm

ललितपुर, २३ पुस

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउन सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई मंगलवार आफ्नै निवासमा वधाई ज्ञापन गर्दै उनले यस्तो बताएकी हुन् । देशलाई समाजवादतर्फ लैजानका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भएकाले देशभरका सहकारीलाई सक्षम बनाउनका लागि मन्त्रालयले सहकारी बैंकसंग समन्वय गरेर काम गर्ने बताईन ।

सहकारी मन्त्री अर्यालले बैंकका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै ४ वर्षे कार्यकालमा सहकारी क्षेत्रलाई समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी क्रियाशिल हुन सुझाव दिएको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिए ।

बधाई ग्रहणपछि बोल्दै राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले सहकारीहरुलाई शिक्षा तालिम, प्रविधि र वित्तीय सहयोग दिन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीको भूमिका प्रभावकारी हुने धारणा राख्नु राखे ।

राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने सम्पूर्ण बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव समेत दिए । सहकारीलाई सक्षम बनाउनका लागि बैंक निरन्तर लागि परेको भन्दै उनले सरकारसंग समन्वय गरेर अगाडि बढ्न बैंकको वर्तमान सञ्चालक समिति प्रतिवद्ध रहेको बताए ।

अभिलेख

लोकप्रिय