१५ चैत्र २०८०, बिहीबार

सहकारी ऐनको धज्जी उडाउँदै नेफ्स्कून !

२४ पुष २०७५, मंगलवार
सहकारी ऐनको धज्जी उडाउँदै नेफ्स्कून !

nef s

काठमाडौं, २४ पुस

सहकारी संघ/संस्था सञ्चालन हुने आधार भनेको सहकारी ऐन हो । तर सबैभन्दा ठूलो कानुन ‘सहकारी ऐन’ उल्लंघन अविभावक निकायले गर्दै आएको खुलेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले सहकारी ऐन २०७४ विपरित काम गरेको तथ्य खुलेको हो । नेफ्स्कूनको २७ औं साधारणसभा पुस ५ र ६ गते काठमाडौंमा भएको थियो । उक्त साधारणसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन हेर्दा नेफ्स्कूनले सहकारी ऐन २०७४ विपरित काम गरेको पुष्टि हुन्छ ।

सहकारी ऐन २०७४ अनुसार प्राथमिक पुँजी कोषको १५ गुणासम्म मात्र बचत संकलन गर्न पाउछ । उक्त ऐनको परिच्छेद ७ को दफा ५१ को उपदफा ७ ले भन्छ, ‘सहकारी संस्थाले प्राथमिक पूूँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गनन सक्नेछ ।’ तर नेफ्स्कूनको आर्थिक वर्ष २०७४/०७५ को अडिट रिपोर्ट अनुसार संघको सेयर पूँजी १७ करोड ७९ लाख १२ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै जगेडा तथा अन्य कोषमा ५ करोड ५५ लाख ८८ हजार ९ सय ५४ रुपैयाँ रहेको छ । यो दुबै रकम जोड्दा २३ करोड ३५ लाख १ हजार ३ सय ५४ रुपैया कुल पूँजी तथा जगेडा कोषमा देखिन्छ । जुन रकम प्राथमिक पुँजी कोषको रकम हो ।

कुल पूँजी तथा जगेडा कोषको १५ गुणा हिसाब गर्दा ३ अर्ब ५० करोड २५ लाख २० हजार ३ सय १० हुन आउँछ । ऐन अनुसार नेफ्स्कूनले ३ अर्ब ५० करोड २५ लाख २० हजार ३ सय १० रुपैयाँसम्म मात्र बचत संकलन गर्न पाउँछ । तर नेफ्स्कूनले ४ अर्ब २७ करोड ७४ लाख ६२ हजार ६ सय ५३ रुपैयाँ सदस्यबाट बचत संकलन गरेको छ । यो रकम १८ गुणाभन्दा माथी हो ।

ऐनको सिमाभन्दा माथी गएर बचत संकलन गर्ने अधिकार नेफ्स्कूनलाई कसले दियो ? सदस्य संस्थालाई नियम, कानुनमा हिड्न सिकाउनुपर्ने संघले आफ्नै नियमको धज्जी उडाउँदै हिड्न मिल्छ ? हजारौं सहकारीको नेतृत्व गर्ने नेफ्स्कूनले मनपरी गर्छन भने संघमा आबद्ध सहकारीलाई कसरी सही नेतृत्व गर्न सक्छन् ?

१० गुणा नकटाउन सहकारीलाई निर्देशन
नेफ्स्कूनमा आवद्ध सहकारी संस्थालाई १० गुणा सिमा नकटाउन निर्देशन दिदै आएको छ । प्राथमिक पुँजी कोषको १५ गुणासम्म मात्र बचत संकलन गर्न पाउने अधिकार सहकारीलाई भएपनि १० गुणा भन्दा माथी नजान निर्देशन दिन्छ तर नेफ्स्कून आफैले भने १८ गुणा कटाएको छ ।

अभिलेख

लोकप्रिय