१५ चैत्र २०८०, बिहीबार

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित

२२ पुष २०७५, आईतवार
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित

काठमाडौं, २२ पुस । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचि?त भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उप्रेतीले तीन हजार चार सय १५ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी घिमिरेले दुई सय ३७ मत ल्याएका छन् ।
त्यस्तै कर्णाली प्रदेश सञ्चालकमा भएको निर्वाचनमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी भीमकुमार भण्डारीले पाँच सय १० मत ल्याएका छन् ।
चार जनाका लागि भएको खुलातर्फको निर्वाचनमा केदार मानन्धर, ध्रुवनारायण यादव, रामहरि बजगाई र माधवलाल देवकोटा निर्वाचित भएका छन् । मानन्धरले तीन हजार चार सय १३, यादवले तीन हजार एक सय ४३, बजगाईले तीन हजार तीन सय ८२ र देवकोटाले तीन हजार ९८ मत ल्याई विजयी भएका छन् ।

अभिलेख

लोकप्रिय