१५ चैत्र २०८०, बिहीबार

बचत गर्न सिकाउँदै सहकारी

२९ मंसिर २०७५, शनिबार
बचत गर्न सिकाउँदै सहकारी

kaji

काजी श्रेष्ठ

खर्च कटौती गरी सञ्चित गर्नुु नै बचत हो। वर्तमानको आम्दानी वा खर्च कम गरी भविष्यको लागि केही रकम छुुट्ट्याएर राख्नुु पनि बचत हो। बचत तीन प्रकारले गर्न सकिन्छ। पहिलो, आम्दानीको केही भाग छुुट्ट्याएर। दोस्रो, खर्च कटौती गरेर। तेस्रो, दैनिक, साप्ताहिक, मासिक, वार्षिक रूपमा केही न केही बचाएर।

भाइबहिनीहरू, हाम्रो खल्तीमा भएको पैसा यसै सकिन्छ। दक्षिणाबापत आएको पैसा र बुुवाआमाले खाजा खान दिनुुभएको पैसाबाट पनि केही बचत गर्न सकिन्छ। सानै उमेरदेखि थोरै बचत गर्न थालियो भने ठूलो हुुँदा धेरै रकम जम्मा भइसकेको हुुन्छ। भविष्यमा आइपर्ने पैसाको खाँचोलाई सजिलै पार लगाउन बचत आवश्यक हुुने बैंकर गोविन्द गुुरुङ बताउँछन्। ‘सानै उमेरदेखि बचत गर्दा आवश्यक परेको बेला यो ठूलो सहयोगी हुुन सक्छ’ सिभिल बैंक लिमिटेडका प्रमुुख कार्यकारी अधिकृतसमेत रहेका गुुरुङ भन्छन्, ‘आम्दानी कम भएको समयमा खर्च धान्न र शिक्षा, स्वास्थ्य उपचार, व्यवसाय सञ्चालन गर्न ठूलो सहयोग पुुग्छ।’

२० रुपैयाँको कलम किन्दै आएका छौ भने १५ रुपैयाँको किन्ने गर। यसबाट पाँच रुपैयाँ बचत हुुन्छ। चकलेट, जंक फुुड खाने बानी छ भने त्यसलाई बन्द गर्दा पनि केही रकम बचत हुुन्छ। सुुझाव दिँदै बैंकर गुुरुङ भन्छन्, ‘यसरी बचत गर्दै जाने हो भने धेरै रकम जम्मा हुुन्छ र यसरी बचत भएको रकम समस्या परेको बेला खर्च गर्न पाइन्छ।’

तिमीहरूसँग भएको पैसा बैंक तथा वित्तीय संस्थासम्म पुुग्छ। पेसा वा व्यवसाय गर्न आवश्यक पर्ने व्यक्तिले सो पैसा कर्जाका रूपमा लैजान्छन्। उनीहरूले त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्छन्। यसले उसको आर्थिक उन्नति पनि हुुन्छ र बचत गर्ने व्यक्तिले ब्याज पनि पाउँछ। यसो हुुँदा दोहोरो फाइदा हुुन्छ। हामीले बचत गरेको थोरै पैसा धेरै हुुन पुुग्छ। स–सानो बचतले पनि बैंकमा ठूलो पुुँजी जुुट्छ। अनि लगानीयोग्य पुुँजी निर्माण हुुन्छ।

सानैदेखि पैसाको महŒव बुुझाइ बचत गर्ने बानी बसाउन बैंक तथा वित्तीय संस्थाहरूले बचतका योजनाहरू ल्याएका छन्। बैंक तथा वित्तीय संस्थामा केही बाल बचत निःशुुल्क पनि खोल्न सकिन्छ। कतै निश्चित रकम पनि लाग्न सक्छ। खातावाला बच्चा वयष्क भएपछि खाता हस्तान्तरण गरिने एवं सुुलभ शैक्षिक कर्जालगायतका बालबालिका मैत्री सुुविधाहरू बैंक तथा वित्तीय संस्था, सहकारीले प्रदान गर्दै आएका छन्।

सहकारी संस्थाहरूले बचतका विभिन्न योजनाहरू ल्याएका छन्। बालबालिकामा बचत गर्ने बानीको विकास गर्न उपहारसहितको कार्यक्रमहरू सहकारीले दिने गरेको जोरपाटीस्थित नेचुुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत विकल्प पाठक बताउँछन्। ‘सहकारीका बाल सदस्यहरू घरको खुुत्रुुकेमा जम्मा गर्न हतारिने गर्दछन्’ उनले भने, ‘खुुत्रुुकेमा जम्मा भएको पैसा अभिभावकले मासिक रूपमा सहकारीमा जम्मा गर्ने गरेका छन्।’ छोराछोरीको भविष्यको सुुनिश्चितताका लागि अभिभावक बालबचत कार्यमा सक्रिय हुुन थालेका उनको भनाइ छ।

बचत कहाँ

आफूसँग भएको पैसा घरमै खुुत्रुुकेमा जम्मा गरेर राख्न सकिन्छ। अझ सुुरक्षित तबरले राख्न बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा खाता खोलेर जम्मा गर्न सकिन्छ। बचत सम्पत्ति जोड्ने वा जम्मा गर्ने तरिका पनि हो। तपाईंले जम्मा गरेको पैसाको ब्याज पनि आउँछ। अन्य बचतको तुुलनामा बालबालिकाले गर्ने बचतमा आकर्षण ब्याज पनि बैंकले दिन्छ। बालबालिका बचत खातामा बैंकहरूले धेरै अफरहरू पनि सार्वजनिक गरेका छन्। राष्ट्र बैंक वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा बचत खाता खोली बचत गर्दा सुुरक्षित हुुन्छ। त्यस्तै घर छेउमै खुुलेका सहकारी संस्थामा पनि बचत गर्न सकिन्छ। आफूले बचत गर्ने निकायको बारेमा राम्ररी बुुझ्नुु भने जरुरी छ।

कुुन बचत

बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरूमा मुुख्यत तीन प्रकारका खाताहरू हुुन्छन्। चल्ती खाता, बचत खाता र मुुद्दती खाता प्रमुुख हुुन्। चाहेको बेला निकाल्न मिल्ने बचत खाता र चल्ती खाता हो। पैसा आवश्यक परिरहने हुुन्छ भने यो खाता उपयुुक्त हुुन्छ। सामान्यतया बचत खातामा ब्याज हुुन्छ भने चल्ती खातामा ब्याज पाइँदैन। बचत खातामा जति पटक पनि पैसा जम्मा गर्न सकिन्छ। तर यसमा बैंकले तोकेको सीमामा मात्र पैसा निकाल्न मिल्छ। यो खातामा जम्मा भएको पैसामा बैंकले निश्चित ब्याज दिन्छ। साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा पैसा निकालिरहनुुपर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुुन्छ। मुुद्दती खातामा निश्चित समय अवधि तोकेर पैसा जम्मा गरिन्छ। जस्तै ः तीन महिना, ६ महिना, एक वर्ष, दुुई वर्ष र पाँच वर्ष। यसरी निश्चित समय अवधिका लागि राखेको पैसा अन्य बचतको तुुलनामा बढी हुुन्छ। हरेक बैंक तथा वित्तीय संस्थामा यस्ता खाता सञ्चालन हुुने हुुँदा आफूलाई उपयुुक्त लागेको बैंक तथा वित्तीय संस्था रोज्नुु राम्रो हुुन्छ। बढी सेवा सुुविधा र ब्याजसमेत हेर्न बैंकर गुुरुङ सुुझाव दिन्छन्।

खाता कसरी खोल्ने ?   

आफूलाई पायक पर्ने स्थानमा रहेको बैंक तथा वित्तीय संस्था, सहकारी संस्थामा गएर खाता खोल्न सकिन्छ। बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नागरिकताको प्रमाणपत्र, फोटो, आवेदन फारम, दस्तखत नमुुनाजस्ता विवरण आवश्यक हुुन्छ। बालकालिकाको हकमा अभिभावकको नागरिकता, फोटो, आवेदन फाराम, दस्तखत आवश्यक पर्छ। बालबालिकाको जन्मदर्ता पनि आवश्यक हुुन्छ। यसका साथै बैंकको नियमअनुुसारको विवरण दिनुु पर्दछ।

बचत किन

– आपत्कालीन खर्चहरू टार्न

– व्यवसाय सञ्चालन गर्न

– ठूला खर्चहरू टार्न

– उच्चशिक्षा, विदेशयात्रा, वैदेशिक रोजगारीमा जान

– स्वावलम्बी र आत्मनिर्भर बन्न

२१ असोज २०७५  गते अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित

अभिलेख

लोकप्रिय