१३ बैशाख २०८१, बिहीबार

सहकारीलाई उत्पादनमुखी बनाउनु आवश्यक छ : मन्त्री लामा

५ असार २०७५, मंगलवार
सहकारीलाई उत्पादनमुखी बनाउनु आवश्यक छ : मन्त्री लामा

dawa_lama
धादिङ –    प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री दावा लामाले सहकारीलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिएका छन् । सहकारीहरु समन्वयमा आधारित, उत्पादनमुखी बनाए मात्रै देश समृद्ध हुने भन्दै लामाले सरकारको नीति, कार्यक्रममा प्राथमिकताका साथ राख्ने बताए ।

 मंगलबार धादिङबेसीमा आयोजना गरिएको नेफ्स्कुलन ३ नं प्रदेश उपसमितिको चौथौ बैठकको उद्घाटन गर्दै मन्त्री लामाले समृद्ध र सुखी नेपाल निर्माणमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सहकारी अत्यन्त पारदर्शिक हुनु जरुरी रहेको छ’ लामाले भने, ‘मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्न, सुखी नेपाल बनाउन प्रदेशको सरकारले योजना बनाइरहेका छौँ ।’

प्रदेश नं ३ का प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरी सहकारी मार्फत देशलाई समृद्ध बनाउनेमा जोड दिए । अब कुनै पनि युवाले विदेशमा गएर श्रम बगाउनु नपर्ने उनले बताए । सहकारी मार्फत देशमै रोजगारीका आधारहरु अपनाउने मन्त्री लामाले बताए । सहकारी अत्यन्त पारदर्शिक, सम्मानमा आधारित, समुदायमा आधारित हुनुपर्नेमा समेत जोड दिए ।

सहकारीको नाममा भष्ट्चार बढेको भन्दै इमान्दारिता, धैर्यता र अनुशासित भएर एकअर्काबीच सहकार्य आवश्यक रहेको लामाले बताए ।

अभिलेख

लोकप्रिय