Search

सहकारी शिक्षा: संरक्षित पूँजिकोषमा खुद बचत (शुद्ध मुनाफा) वितरण गर्ने प्रक्रिया

– सहकारी संघ/संस्थाहरुले प्रत्येक आर्थिक वर्षमा संरक्षित पूँजि कोष वापतको रकमसंघ संस्थामा सदस्यले गरेको वार्षिक आर्थिक कारोवारको आधारमा सम्बन्धित सदस्यहरुलाई अनिवार्य रुपमा बितरण गर्नु पर्दछ । संरक्षित पूँजिकोषको रकम सदस्यहरुलाई वितरण नगरे सम्म सहकारीमा समन्याय स्थापित गर्न सकिदैन ।

– संरक्षित पूँजि कोष बितरणका लागि संघ संस्थाले प्रत्येक सदस्य तथा गैर सदस्यहरुले संस्थामा गरेको आर्थिक कारोवारको व्यक्तिगत अभिलेख राख्नु पर्दछ । यसरी राखिएको व्यक्तिगत वार्षिक कारोवारको कुल योग नै संस्थाको आर्थिक कारोवारको कुल योग हुन जान्छ । यही कारोवारको कुल योगको आधारमा संरक्षक कोषमा आएको सबै रकम बितरण गर्नु पर्दछ ।

– एक भन्दा बढी प्रकारका सेवाहरु आफ्ना सदस्यहरुलाई प्रदान गर्ने सहकारी संघ संस्थाहरुले ती प्रत्येक सेवा प्रदान गर्दा सदस्यबाट प्राप्त हुन आउने वा सदस्यलाई प्रदान गरिने शुल्क वा रकमको प्रष्ट बिबरण राख्नु पर्दछ । यसरी प्रत्येक सेवावापत सदस्यले भुक्तान गरेको वा प्राप्त गरेको रकमको वार्षिक कुल योग निकाली प्रत्येक सदस्यको वार्षिक कारोवार रकम निश्चित गर्नु पर्दछ ।

– गैर सदस्यको आर्थिक कारोवारको अंशवापत संरक्षित कोषमा रहने रकम संस्थाले सदस्यलाई बितरण गर्ने वा संस्थाको जगेडा कोष वा अन्य कोषमा राखी प्रयोग गर्नु हुँदैन । यस्तो रकम गैर सदस्यहरुलाई नै उनीहरु बसोवास गरेको कार्यक्षेत्रमा उनीहरुकै हित वा प्रवद्र्धनका शिक्षा, तालिम, सूचनामूलक कार्य वा सामाजिक कार्यमा लगानी गर्नु पर्दछ, ताकी ती गैर सदस्यहरुलाई सहकारीको महत्वका सम्बन्धमा आवश्यक ज्ञान दिई सदस्य बन्न वा सहकारी अभियानमा संलग्न हुन अभिपे्ररित गर्न सकियोस् । यदि गैर सदस्यहरु रहेको क्षेत्र संस्थाको कार्यक्षेत्र भन्दा बाहिर पर्दछ वा गैर सदस्यहरु पहिचान गर्न नसकिने क्षेत्र वा स्थानका वासिन्दा हुन् भने त्यस्तो अवस्थामा उक्त रकम गैर सदस्यहरुद्वारा प्रयोग गरिने सार्वजनिक उपयोगिताका वस्तु तथा सेवा कार्यमा कार्यक्रम बनाई खर्च गर्नु पर्दछ । यस सन्दर्भमा बाटो हिंड्ने बटुवाहरु गैर सदस्य भएकोमा तिनले बाटो हिंड्दा उपयोगमा आउन सक्ने बाटोको मर्मत सुधार, पिउने पानीको व्यवस्था, आकष्मिक वा प्राथमिक स्वास्थ्य सेवा, पाटी पौवा वा चौतारी निर्माण, आदि कार्यहरुमा लगानी गर्नु पर्दछ । गैर सदस्यको संरक्षित पूंजीको रकम यस वाहेक संस्थाले आफ्नो प्रयोजनका लागि उपयोग गरेमा आर्थिक शोषण हुन जाने, परनिर्भरता बढ्ने, इमान्दारिताको अन्त्य हुने र समुदायप्रतिको जिम्मेवारीबाट पर हट्ने अवस्था हुन जान्छ र सरकारिताको मूल्यको कुनै अर्थ रहँदैन ।
– सहकारी संघ वा संस्थाहरुले आफ्ना सदस्यहरु तथा गैर सदस्यहरुसंगको आर्थिक कारोवारहरुको अभिलेख गर्दा निम्नानुसारका कारोवारहरु समेतका आधारमा व्यक्तिगत कारोवारको अभिलेख राखी कुल कारोवार रकम कायम गर्नेः
– सदस्यले संस्थालाई विक्रि गरेको बस्तु तथा सेवाको परिमाण वा रकम
– सदस्यले संस्थाबाट खरीद गरेको उपभोग्य सामाग्री र अन्य सामग्रीहरुको रकम
– सदस्यले संस्थाबाट कुनै सेवा लिंदा गरेको सो वापतको शुल्क वा भुक्तानी रकम ।
– संस्थासंग अन्य कुनै आर्थिक कारोवार गरेको भएमा सो वापत लेनदेन भएको रकम ।
– बचत तथा ऋणको समेत कारोवार गर्ने सहकारी संघ संस्थाहरुले सदस्यले संस्थामा जम्मा गरेको बचत रकम र ऋण लिएवापत तिरेको व्याज एवं हर्जना रकमलाई
– समेत जोडी कुल कारोवार रकम यकिन गर्ने ।
– सदस्यले संस्थाबाट प्राप्त गरेको आर्थिक, सामाजिक एवं सांस्कृतिक सेवाहरु वा कार्यहरु वापत शुल्क प्राप्त वा भुक्तानी गरेकोमा सो सम्बन्धी रकमहरु, आदि ।

– सहकारी संघ संस्थाहरुमा संरक्षित कोषको व्यवस्था गरिनुको उद्येश्य पूंजीलाई भन्दा सदस्य परिचालनलाई जोड दिनु, पूँजी लगानी मात्र गरी कारोवार नगर्ने र अरुले गरेको कारोवारबाट मुनाफा लिने उद्येश्यले धेरै शेयर किनी सदस्य बन्ने व्यक्तिहरुलाई निरुत्साहित गर्नु, कारोवार धेरै गर्ने सदस्यको कारण संस्थाको खुद बचत बृद्धिमा उसको योगदान बढी हुने भएकाले त्यस्तो सदस्यहरुलाई प्रोत्साहन । र व्यवशायीकरण गर्न संरक्षित पूँजीकोषमा खुद बचतको ५० प्रतिशत वा सो भन्दा बढी हिस्सा (जगेडा कोषको व्यवस्था पछि ) को व्यवस्था गर्नु, धेरै कारोवार गर्ने सदस्यको पशिनाको प्रतिफल कम कारोवार गर्नेले लिन नपाउने व्यवस्था कायम गर्नु तथा श्रम शोषणको व्यवस्थाको अन्त्य गर्नु र सदस्यहरुलाई आर्थिक शोषणबाट मुक्त गर्नु, एकको प्रतिफल अर्कोले नलिई इमान्दारिता र स्वावलम्बनलाई जीवन पद्धतिमा अंगाल्नु, सदस्यको कारोवारमार्फत उसको आर्थिक, सामाजिक एवं सांस्कृतिक हितका कार्यहरु गर्नु अन्य व्यवशाय भन्दा सहकारी व्यवशायलाई आदर्शवान एव एक विशिष्ट प्रकृतिको व्यवशायको रुपमा छुट्टै पहिचान दिलाउनु ।

– यी उद्येश्यहरुलाई कार्यान्वयन गर्न सहकारी संघ संस्थाहरुले आफ्नो विनियममा संशोधन गरी खुद बचत रकमको कम्तिमा पनि ४० प्रतिशत हिस्सा संरक्षित पूँजिकोषमा लैजाने व्यवस्था गर्नु पर्दछ, जसबाट सदस्यको आर्थिक हित गर्ने संस्थाको पूरा हुन्छ ।

संरक्षित पूँजिकोषको रकम सम्बन्धित सदस्यहरुलाई बितरण गर्ने सूत्रः

 खुद बचत (शुद्ध मुनाफा) रकमबाट जगेडा कोषमा कम्तिमा २५ प्रतिशत रकम लगी सकेपछि बाँकी रहेको रकमबाट संरक्षित कोषमा रकम ल्याउने सूत्र,

sahakari kosh



प्रतिक्रिया दिनुहोस