सहकारी व्यवसायलाई प्रतिस्पर्धी बनाइने

coop mahasang

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ/संस्थालाई व्यवसायीक रुपमा प्रतिस्पिर्धी बनाउने उद्देश्यले शुक्रबारबार दुई दिने सहकारी संघ/संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठी शुरु गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको रणनीति योजना तर्जुमा गर्ने तथा साझा प्रतिबद्धता घोषणा गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशल बडालले बताए । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले गोष्ठीको उद्घाटन गर्दै सहकारी ऐन २०७४ मा छुटेका र नमिलेका नीतिगत कुरालाई सुधार गरेर नियमावलीमा समेट्नुपर्ने बताए । सार्वजकि, निजी र सहकारीको प्रभावकारी तथा परिणामुखी सहयात्रा र सहकार्य जरुरी रहेको बताए ।

उनले भने, ‘तीन खम्बे अर्थनीति कागतमा मात्र सिमित छ । सहकारीले धेरै कार्य गर्न सक्ने भए पनि राज्यले सम्बोधन गर्न सकेको छैन ।’ सहकारी फस्टाएको स्थानमा गरिवी न्युन रहेको सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलले स्पष्ट पारेका थिए । पुर्व गर्भनर डा. युवराज खतिवडाले सहकारी ऐन २०७४ मा सुधार गर्न आवश्यक रहेको औल्याउनुभयो । ‘सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सहकारीलाई अष्ठ्यारोमा पार्ने कानुन बन्नु हुँदैन ।’ खतिवडाले बताए ।

उनले स्थानीय तहले सहकारीलाई सबल बनाउने भूमिका खेल्नुपर्ने बताए । प्रदेश ३ का प्रदेश सभा सदस्यका पशुपति चौलागाईले सहकारीको पुँजीलाई उत्पादनमा लगानी गनुपर्नेमा जोड दिए । त्यसैगरि पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेतले सहकारी स्थानीय विकासको महत्वपूर्ण अंग बन्न सक्ने भएकाले स्थानीय तहमा सहकारीको संरचना बनाउन जरुरी रहेको बताए । गोष्ठीमा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको सहकारी अभियान विगत, वर्तमान र भविष्य विषय कार्यप्रत्र प्रस्तुत गर्दै सहकारी आवास, विद्युत, शिक्षा, विमा क्षेत्रमा जानुपर्ने जोड दिए ।

त्यसैगरी अधिवक्ता रमेश बडालले सहकारी ऐन २०७४ अभियानो नयाँ चरण विषय कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले सहकारी प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए । शनिवार पुर्व गर्भनर युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नविन कर्ण, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक केवी उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि अन्तर्राष्ट्रिय प्रशिक्षक वि पी रेग्मीले सफलताको शुत्र विषय प्रशिक्षण दिने कार्यक्रम छ । शनिवार महासंघका अध्यक्षले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस