७ बैशाख २०८१, शुक्रबार

कान्तिपुरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मनोज भण्डारी

१० पुष २०७४, सोमबार
कान्तिपुरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मनोज भण्डारी

kantipuri-coop
काठमाडौं । काठमाडौंको गंगबु स्थित कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको १७ औैं वार्षिक साधारणसभाले मनोज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा गणेश बुढाथोकी, सचिवमा राजन खत्री, कोषाध्यक्षमा राजकुमार विष्ट, र सञ्चालक सदस्यमा माधव महर्जन निर्वाचित भएका छन् ।
कृष्ण बस्नेतको संयोजकत्वमा सुनिना सिंह लगायतको लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको छ । त्यस्तै कर्जा समितिमा शिशिर ढकाल र विष्णु खनाल निर्वाचित भएका छन् ।
यसैबीच संस्थाले शेयर पुँजी बढाउँदै लगेको संस्थाका अध्यक्ष मनोज भण्डारीले बताए । संस्थाको अघिल्लो आर्थिक वर्षमा ३ करोड ४ लाख ५४ हजार शेयर पुँजी थियो भने आर्थिक वर्ष २०७३र७४ मा बढेर ४ करोड ३ लाख ४० हजार १ सय रुपैयाँ पुगेको बताइएको छ ।
संस्थाले २५ करोड ७ लाख ७८ हजार ७ सय ८१ रुपैयाँ निक्षेप संकलन गरी २४ करोड २३ लाख ४७ हजार ७८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले १३ लाख ७० हजार ९ सय ३५ रुपैयाँ नाफा गरेको छ ।

अभिलेख

लोकप्रिय